कार्तिक १५ तनहुँ । पछिल्लो समयमा सार्वजनिक भएका लोक दोहोरी गितको श्रब्यदृश्यमा हसिलो अनुहारसहित देखिने शरद लामगादे(एलजी)को ब्यवस्तता बढ्न थालेको छ ।
“डाडै पिपलुमा चल्यो बतास” बोलको गित एकाएक चर्चामा आएपश्चात उनलाई म्युजिक भिडियोमा अवशरहरु आउन थालेका हुन् ।
तनहुँका शरद विगत डेड बर्षदेखि काठमाण्डौमा राम्रो कलाकार बन्न संघर्षरत रहेका थिए ।
यो अवधिमा नै उनले झण्डै दर्जन बढी भिडियोमा कम्मर मर्काएका छन् । पछिल्लो समयका चर्चित मोडलहरुसँग स्क्रिन शेयर गरिसकेका एलजीले आफु सयौँ गितमा आवद्ध भएर काम गरिसकेको बताउछन् ।
कलाकारितामा औधी शोख राख्ने उनी यही क्षेत्रमा केही प्रण गरेका छन् । पछिल्लो समयमा आफुलाई विश्वास गरेर राम्रा सिर्जनाहरुमा आवद्ध गर्नेहरुलाई सम्झदै आफ्नो मेहनत कम हुन नदिने बताए ।
यो अवधिको संघर्ष अनुसार पाएको सफलताले आफुलाई अझै प्यास जगाएको बताउने एलजीले आफ्नो कलाकारितालाई अझै निखार्दै जाने अवसर खोजिरहेका छन् ।
यस्ता छन् शरद आवद्ध भएर चर्चामा आएक केही गितका भिडियोहरु :
गाउ नै रमाइलो देशै रमाइलो
माया वदमास
टिका जमरा
Discussion about this post