कार्तिक १५ दमौली । तनहुँ जलविद्युतु आयोजनाको निर्माणमा खटिएका कामदार मध्ये आरडिटी परिक्षण पोजेटिभ आएका कामदारलाई काममा लगाएका भन्दै अन्य कामदारहरु आन्दोलित भएका छन् ।
शुक्रबार आयोजनामा काम गर्दै आएका मध्ये एक कामदारलाई आरडिटि परिक्षणमा पोजेटिभ देखिएको आन्दोलित भएका कामदार मध्येका मोतिराम श्रेष्ठले जानकारी दिनुभयो ।
सिनो हाइड्रोले परिचालन गरेको कामदारले आफुहरुलाई जोखिममा पारेर काममा लगाएको आरोप लगाएका छन् । कोरोनो कहरको विचमा काम गर्नुपर्दा आफुहरुलाई सुरक्षित महशुष हुने गरि काम गराउन पटक पटक माग गर्दै आएको श्रेष्ठले बताउनुभयो ।
यस अगाडी असोज अन्तिम साता सवै कामदारको पिसिआएर गर्नुपर्ने माग सहित आन्दोलित भएका कामदारहरुले संक्रमित शंका गरिएका ब्यक्तिलाई सोझै काममा लगाएको भन्दै शुक्रबार पुन आन्दोलन गरेका थिए ।
कामदारहरुले विदामा गएर तनहुँ बाहेकका जिल्लाबाट आउदाँ अनिवार्य रुपमा सात दिन क्वारेन्टाइनमा राखेर मात्र काम लगाउनुपर्ने मजदुर परिचालन पक्षसँग सम्झौता गरेका थिए । सम्झौतालाई अटेरी गर्दै विहिबार मात्र दोलखाबाट आएका कामदारलाई सिधै काममा लगाउदा आफुहरु जोखिममा परेको कामदारहरुले गुनासो गरेका छन् ।
यता आयोजना प्रमुख अचुत घिमिरेले कामदारहरुको माग सम्बोधन गर्ने निर्णय भएको जानकारी दिनुभयो उहाँले आइतबार दशैका लागि विदामा गएका ६९ कामदारको पिसिआर परिक्षणको रिपोर्ट पश्चात काममा लगाउने सहमति भएको जनाउनुभयो ।
आयोजना अन्तर्गत हाल पावर हाउस निर्माणको काम भईरहेको छ । दशैमा समेत चिनियाँ कामदारहरुद्धारा काम अघि बढेको आयोजनाले जनाएको छ ।






Discussion about this post