हरि खरेल , कार्तिक १६ तनहुँ । तनहुँ जिल्लामा कोरोना संक्रमणको दर बढी रहेको छ ।
दैनिक जिल्लाका नागरिकहरुमा संक्रमणका समाचारसँगै ज्यान गुमाउनु परेका खबरहरु आउन थालेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार मात्र २१ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार जारि गरिएको विज्ञेप्ती अनुसार तनहुँका ब्यास नगरपालिका १०, भिमाद नगरपालिका ५, शुक्लागण्डकी नगरपालिका ३, ऋषिङ्ग, आबुखैरेनी र बन्दिपुर गाउँपालिकामा एक÷एक जना नयाँ संक्रमित थपिएका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा सतर्कतालाई उच्च बनाउनुपर्ने जनाएको छ । कार्यालयले ब्यास नगरपालिकासँगै शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिकामा संक्रमितहरु बढिरहेको जनाएको छ ।
जिल्लामा हालसम्म ८ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थय कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार संक्रमित मध्ये ५ सय २२ जना संक्रमण मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
जिल्लाको व्यास नगरपालिकामा सवैभन्दा धेरै २ सय ८२ जना कोरोना संक्रमित भएका छन् । चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै शुक्लागण्डकी नगरपपालिकामा हालसम्म १ सय ४४ मा कोरोना पुष्टि भएको छ भने एक जना को निधन भएको छ ।
भिमाद नगरपालिकामा ६१ जना संक्रमितसंगै तीन जनाको निधन भएको छ । यस्तै ऋषिङ्ग गाउँपालिकामा ८३ जनमा संक्रमण देखिएको छ । ज्यान गुमाउनेहरु म्याग्दे गाउँपालिकाका १ महिला, आबुखैरेनी गाउपलिकामा १ महिला र एक पुरुषको ज्यान गईसकेको छ ।
तनहुँमा सक्रिय कोरोना संक्रमितको संख्या १६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जनाउनुभयो । उहाँले हालसम्म तनहुँमा १० हजार ४ सय ४२ जनाको कोरोना परिक्षणका लागि पिसिआर गरिएको जानकारी दिनुभयो ।
जिल्लामा सवै स्थानीय तहले आफ्ना नागरिकहरुको स्वास्थ्यका लागि कोरोना परिक्षण देखि आवश्यक खर्च गर्दै आएका छन् ।
Discussion about this post