• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

ग्रेटवालको झल्को दिने बन्दीपुरको ‘मिनी–ग्रेटवाल’

Lekhnath Khabar by Lekhnath Khabar
November 1, 2020
in पर्यटन, समाचार
0
0
SHARES
192
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १६, बन्दिपुर । ‘पहाडकी रानी’ को नामले परिचित तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा चिनको ग्रेडवाललाई सम्झाउने गरि उस्तै प्रकृतिका मिनिग्रेड वाल( मणि मुकुन्देशवरी पर्खाल) निर्माण गरिएको छ ।

पर्यटकीय गतिविधिलाई थप बृद्धी गर्नका लागि बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेडवाल निर्माण भईरहेको हो । विश्व प्रसिद्ध चिनको ग्रेडवाल जस्तै देखिने यो आयोजनालाई तनहुँको ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

यो पर्खाल बन्दिपुर गाउँपालिका २ थानिमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म झण्डै चार किलोमिटरको लम्वाईमा बन्ने जनाइएको छ । । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिईएको छ ।

आवश्यक बजेटका लागि पहल भईरहेको जनाउदैे अध्यक्ष थापाले हालसम्म एक हजार एक सय मिटर लम्वाई पर्खाल लगाउने काम सकिएको बताउनुभयो । गाउँपालिकाका अनुसार उक्त आयोजनाका लागि हालसम्म ७० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

गमुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको रहेको ऐतिहासिक तथ्य रहेको छ । मिनि ग्रेटवाल भित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने बन्दीपुर गाउँपालिकका अध्यक्ष थापाले जानकारी दिनुभयो । ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाहरुहरुले पनि रोजगार पाउने गरी दोहोरो फाईदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्ष देखि शुरु गरिएको हो ।’ गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।

पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषण लागेको स्थानीहरुले बताउने गरेका छन् । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ ।  काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले कोभिड –१९ को महामारीको समय पछि बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ ।

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरीदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र टाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आर्कषण दोहोरो लाईन मिलाईएका ढुङ्गाले छाईएका कलात्मक घर, नेवारी सस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।

बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाईजात्रा, लाखे नाचको लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङको लागि पनि प्रख्यात ठाउँ हो ।

Previous Post

तनहुँका ८ सय ५४ लाई कोरोना संक्रमण

Next Post

समाजको उदाहरण मनकारी शिक्षिका जुनुमाया

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
समाजको उदाहरण मनकारी शिक्षिका जुनुमाया

समाजको उदाहरण मनकारी शिक्षिका जुनुमाया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?