• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

Lekhnath Khabar by Lekhnath Khabar
October 29, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

फिलिपिन्समा लडाकु भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ । अवैधरुपमा भाले जुधाइ भइरहेको सूचनाका आधारमा छापा हान्न पुगेको प्रहरी टोलीमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समार प्रान्तमा भीडभाडले कोरोना संक्रमण फैलिने भन्दै भाले जुधाइ रोक्नका लागि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा भालेले प्रहरीमाथि आक्रमण गरेको थियो ।

नगर प्रहरी प्रमुख क्रिष्टियन बोलोकको भाले समाप्ने क्रममा भालेको आक्रमणबाट मृत्यु भएको फिलिपिन्सका सञ्चारमाध्यमले जनाएका छन् । गभर्नर एड्विन ओङचुआनले भालेको खुट्टामा ब्लेड लगाइएको र भालेले निरन्तर आक्रमण गर्दा प्रहरी प्रमुखको मृत्यु भएको जनाएका छन् ।

भालेको आक्रमणबाट खुट्टाका नशा काटिएको र अत्यधिक रगत बगेकाले मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । प्रहरीले घटनापछि तीनजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया सुरु गरेको छ । घटनास्थलबाट प्रहरीले ७ वटा कुखुरा बरामद गरेको छ ।

सरकारले भालेको आक्रमणबाट मृत्यु भएका प्रहरी प्रमुखको परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो । लाइसेन्स लिएर खेलाउन पाइने भए पनि अहिले कोरोना संक्रमणले प्रतिबन्ध लगाइएको छ ।

Previous Post

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार आरोपमा १७ बर्ष जेल सजाय

Next Post

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?