• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार आरोपमा १७ बर्ष जेल सजाय

Lekhnath Khabar by Lekhnath Khabar
October 29, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।

फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ ।

उनलाई जेलमा फिर्ता लान प्रहरी उनको सियोलस्थित घरमा पुगेको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए भने उनको उक्त अनुरोधलाई प्रहरीले उनलाई सोमवार हिरासतमा लिनेगरी मानेको छ ।

अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्व राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।

लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । तर उनले उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ बर्षका लागि सजाय तोकिएको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नया निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुष स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो । लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्नता रहेको आरोप लागेको छ ।

स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुष स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले आफ्नो जेल सजाय बिताइरहेका छन् ।

पूर्व राष्ट्रपति तथा उदारवादी नेता रो मू–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्म हत्या गरेका थिए। रो वर्तमान् राष्ट्रपति मून जाय–इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गरेका थिए ।

Previous Post

घिरिङ्गमा मोटरसाइकल दुर्घटना, युवती गम्भिर घाइते

Next Post

कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?