कार्तिक १३ घिरिङ्ग । घिरिङ्ग गाउँपालिकाको रानीपोखरीमा मोटरसाइकल दुर्घटना भएको छ ।
विहिबार विहान रामपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ६५ प २१३४ नम्वरको मोटर साइकल आफै अनियन्त्रित भई पल्टिएको प्रदेश प्रहरीको कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा परि ललितपुर नक्कीपुर बस्ने ३० बर्षीय देवकी मगर घाईते भएकी छन् । उनी मोटरसाइकलको पछाडी सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइेते मगरको टाउको अनुहार र हातमा चोट लागेकाले अवस्था जटिल रहेको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।
Discussion about this post