कार्तिक १३ । तनहुँ प्रहरीले बुधबार राति लागुऔषध सहित एक युवालाई पक्राउ गरेको हो । ब्यास नगरपालिका ४ मा रहेको माछापुच्छ«े बैकको एटिएममा अनाबश्यक हर्कत गर्दै गरेको अवस्थामा दुलेगौडा स्थित बाइक शो—रुममा मिस्त्रीको रुपमा का मगर्दै आएका किरण बानियाँ पक्राउ परेका हुन् ।
एटिएम भएको स्थानबाट पक्राउ गरेका बानियाँको साथबाट १ सय ३५ थान नाइट्रोजन फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका युवा पर्सा जिल्लाको पटेरुवा सुगौली ३ स्थायी ठेगाना भई शुक्लागण्डकी ४ दुलेगौडामा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । उनको प्रयोग गर्ने गरेको बा ११ प ९९६५ नम्वर मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ ।
Discussion about this post