• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

Lekhnath Khabar by Lekhnath Khabar
October 29, 2020
in कृषी, समाचार
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १३ ।  हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ ।

कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले बताउनुभयो ।

करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो १” ८३ वर्षीय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकको भनाइ छ । बेनी नगरपालिका–३ तोराखेतका देववहादुर सापकोटाको घरमा पनि काम गर्ने मान्छे छैनन् । उहाँको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन् । छोरा विदेश गएका छन् भने बुहारीले घरमा नै पसल गरेकी छन् । वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उहाँले बताउनुभयो । “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र रु”, उहाँले सम्झिनुभयो, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिका ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताउनुभयो । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसंगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न ९घरेलु मदिरा उत्पादन गर्न० का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाको भनाइ छ ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी सञ्चालिका विमला गौचनले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे ९घरवास० मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताउनुभयो ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरेले बताउनुभयो । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ ।

म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

Previous Post

कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

Next Post

थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?