तनहँु खबर
कार्तिक,८
नेपालीहरुको महान पर्व विजया दशमीको आठौ दिन दशैंघर लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा आराधाना गरीदै छ ।
आजको दिनलाई महाष्टमी पर्वको रुपमा लिई सम्पूर्ण नेपालीजनले खुसी साथ मनाई रहेका छन् । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँने गर्दछन् ।
महाअष्टमीको आजको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको पाइन्छ ।
आजको दिन सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
Discussion about this post