• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

Ramsharan Nepali by Ramsharan Nepali
October 27, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१० कार्तिक ।

पोखरा महानगरपालिका–३१ अवस्थित बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाले शनिबार आफ्नो प्रथम साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ ।

प्राकृतिक सुन्दरता, धार्मिक आस्था र जैविक विविधताको संगम रहेको बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित गठित संस्थाको यो पहिलो वार्षिक औपचारिक कार्यक्रम हो ।

पर्यटन विकासको नेतृत्व संस्थाले लिनुपर्ने आवश्यकता रहेको वक्ताहरूले बेगनासताल पोखरापछि दोस्रो प्रमुख पर्यटन केन्द्र बन्ने साँघुरो मोडमा रहेकाले अब योजनाबद्ध, संस्थागत र जिम्मेवार नेतृत्व अत्यावश्यक रहेको धारणा राखे ।

पूर्व न्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि डिल्लीरमण तिवारीले बेगनासताल प्राकृतिक सम्पदा मात्र नभई धार्मिक र सांस्कृतिक पहिचानसमेत बोकेको क्षेत्र भएकाले संरक्षण र प्रवद्र्धनमा कुनै कमी हुन नहुने बताए ।

उनले २०७५ साल मंसीरमा भव्यरूपमा सम्पन्न महायज्ञपछि ताल क्षेत्र धार्मिक रुपमा अझ पवित्र बनिरहेको उल्लेख गर्दै भने, “समृद्ध बेगनासको भविष्य पर्यटनमा निहित छ । यहाँका योजनाहरू भावनात्मक होइन, वैज्ञानिक र दिगो हुनु आवश्यक छ ।”

कार्यक्रममा संस्थाका अध्यक्ष धु्रवनाथ अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ताल वरपरका धार्मिक स्थलहरूको संरक्षण, पूर्वाधार विस्तार र श्रद्धालु–पर्यटकमैत्री सेवा प्रदान संस्थाको पहिलो प्राथमिकता रहेको छ । चालू आर्थिक वर्ष ०८१÷८२ मा वराह मन्दिरका लागि अक्षय कोषमा रु. चार लाख, जलेश्वर शिव मन्दिर संरक्षण तथा विकासमा रु. पाँच लाख,  वातावरण संरक्षण समाज घर निर्माणमा रु. ५० हजारलगायतका बजेट विनियोजन गरिएको छ ।

संस्थाकी सचिव शान्ति खनालले सचिवको प्रतिवेदन प्रस्तु गर्दे संस्थाका पदाधिकारीहरूले देवालय परिसरमा सरसफाइ, विश्रामस्थल निर्माण, सूचनापाटी र संकेत बोर्ड जडान लगायतका कार्यलाई निरन्तरता दिने बताएकी छन् उनले पर्यटकमैत्री पूर्वाधार र सेवा व्यवस्थापनमा जोड बेगनासताल र वरपरका पहाड, नजिकैको तालबाराही मन्दिर तथा भ्यू टावर मिलेर बनेको प्राकृतिक–धार्मिक मोडेललाई अझ आकर्षक बनाउने योजनासहित पदमार्ग तथा साइकल ट्रयाक विस्तार सुरक्षित डुङ्गा सञ्चालन दृश्यावलोकनस्थल निर्माण आपतकालीन उद्धार र जीवनरक्षक उपकरण अभिवृद्धिजस्ता कार्यक्रम अघि बढाइने छन् । तालको पूर्वतर्फ निर्माणाधीन पर्यटक सूचना केन्द्रसमयमै सम्पन्न भए आगन्तुकहरूको सेवा सहज हुने अपेक्षा राखिएको छ ।

कोषाध्यक्ष गंगाराम सुवेदीले स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै रोजगारी सिर्जना संस्थाले पर्यटनसँगै स्थानीय कृषिउपज, माछापालन, घरेलु हस्तकला, सांस्कृतिक प्रस्तुति,  होम स्टे प्रवद्र्धन लाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

तालमा रहेका दुर्लभ माछा प्रजाति, पक्षी र जैविक विविधताको संरक्षणलाई संस्था उतिकै महत्वपूर्ण दिनु पर्ने,  फोहोर व्यवस्थापन, प्लास्टिक नियन्त्रण, हरियाली विस्तार तथा पानीको गुणस्तर परीक्षणलाई नियमित गर्ने योजना सार्वजनिक गरिएको छ ।

अवैध संरचना रोकथाम र अतिक्रमण हटाउने अभियानमा स्थानीय निकायसँग समन्वयमा अघि बढ्ने उद्घघोष पनि गरिएको छ । वित्तीय प्रतिवेदनअनुसार संकलित रकमलाई अक्षय कोषमा राखेर नियमनित रूपमा खर्च व्यवस्थापन गरिँदै आएको छ। आगामी वर्षको बजेट प्रचार–प्रसार तथा पूर्वाधारमा केन्द्रित हुनेछ ।

यसैविच संस्थाको तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा मित्रलाल भण्डारी,  उपाध्यक्ष शान्ति खनाल, सचिव गंगाराम सुवेदी, कोषाध्यक्ष जनकराज लामिछाने रहेका छन् भने सदस्यहरुमा पुष्पराज भण्डारी, फुलमाया वराल, निरन्जन वि.क., सिता कार्की, कल्पना अधिकारी, सोमलाल कंडेल, विश्वनाथ गिरी, शक्तिश्री कोइराला र भरतराज ढकाल चयन भएको निर्वाचन संयोजक राममणि अधिकारीले सर्वसम्मत नेतृत्व संस्थाको एकता र मिशन सफलताका लागि सुदृढ आधार भएको टिप्पणी गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी चन्द्र वास्तोला, होटल यसोसियसनका अध्यक्ष विरभद्र कंडेल, समाज सेवी विष्णु गौतम लगायतले समन्वयमा अब कुनै कमी नहोस् जनप्रतिनिधि, पर्यटन उद्यमी तथा सरोकारवालाहरूले बेगनासताललाई विश्व परिचित गन्तव्य बनाउने अभियानमा संघ, प्रदेश र पालिका, निजी क्षेत्र, सरोकारवाला समुदाय बीच घनिष्ठ समन्वय हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शान्ति खनालले गरेकी थिईन । सभाले बेगनासताललाई सुन्दर, सुरक्षित, व्यवस्थित तथा आकर्षक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Previous Post

जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्था फर्कियो

Next Post

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?