• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

Ramsharan Nepali by Ramsharan Nepali
May 24, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

कास्की, पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।

यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका “प्यार से बोलोन” भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सम्पन्न यस यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था रहेको थियो।

देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
शुक्रबार एकादशी परेकाले मात्रै एक लाखभन्दा बढी भक्तजनले कोटिहोममा उपस्थिति जनाएका थिए। वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन गरिएको थियो। श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता महानुभावहरूले कथा वाचन र भक्तिभावयुक्त भजन प्रस्तुत गरेका थिए।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। भने स्व. सूर्य व. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ दान गरेकी छिन। पोखरेलीले भोलिका दिनमा १०० रोपनी जग्गा उपलब्ध हुने पोखरेलीले बताएको समेत गारेका जानकारी गराएका छन्।

रक्तदानमा हालसम्म ६०० भन्दा बढी युनिट रक्त संकलन भइसकेको छ। साथै, राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन्।
महायज्ञमा सहभागि समाजसेवी सागर ढकालले “मेरो संस्कार म आफैले वैज्ञानिक रूपमा बुझ्नुपर्छ,” भन्दै संस्कारको वैज्ञानिक पक्षप्रति जोड दिएका थिए। उनले दैनिक जीवनमा संस्कार र संस्कृति जिवन्त राख्न आग्रह गरे।
विज्ञ वक्ता रमेश प्रसाईले “आजको युगमा यज्ञमा उपस्थिति जनाउनु मात्र होइन, यो हाम्रो सभ्यताको शिखर चुम्नु हो,” भनी भावनात्मक मन्तव्य दिएका थिए। उनले भक्तिभवको “हे नारद जी” कविता समेत प्रस्तुत गरे।

जेठ २६ गतेसम्म सञ्चालन हुने कोटिहोम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा सञ्चालन भइरहेको हवनले वातावरण शुद्धीकरण र आध्यात्मिक उर्जाको संचार गरिरहेको संयोजक ढकालले बताए।
महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदान लगायतका विविध वैदिक कर्मकाण्डको व्यवस्था गरिएको छ। साथै, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण कार्यक्रम भैरहेको छ । विवाह इच्छुकहरूका लागि शुभ विवाहको अवसर पनि प्रदान गरिएको छ।

दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ यो भव्य कार्यक्रम आयोजना गरिएको हो।
सकोटिहोम अझै जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। आध्यात्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवामूलक गतिविधिहरूले भरिएको यो ऐतिहासिक यज्ञमा सहभागी भई पुण्य लाभ लिन सकिन्छ।

Previous Post

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम

Next Post

पत्रकार सुमन जिसीलाई पितृशोक

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पत्रकार सुमन जिसीलाई पितृशोक

पत्रकार सुमन जिसीलाई पितृशोक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?