लेखनाथ, १५ जेठ । पत्रकार सुमन जिसीलाई पितृशोक परेको छ । लेखनाथ पत्रकार मञ्चका निवर्तमान उपाध्यक्ष एवं लेखनाथ खबर डट कम का सञ्चालक रहेका जिसीका पिता कृष्णबहादुर जिसीको उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
विगत केही समयदेखि प्रेसर, सुगरबाट ग्रसित रहेका जिसीको ६८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय जिसी पोखरा–२७ नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा विभिन्न सामाजिक संघ संस्था आवद्ध रहेका थिए । जिसीप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुर्वमन्त्री यज्ञ बहादुर थापा लगायतका नेता, कार्यकर्ता शुभेच्छुकहरु उनको निवासमा पुगेका थिए । उनको विहिबार हिन्दु परम्परा अनुसार सेती नदी रिठेपानी घाटमा अन्तिम संस्कार गरिएको हो ।
उनका श्रीमती हरिमाया दुई छोराहरु सुमन र सुवास एवम् १ छोरी सुनिता रहेका छन ।






Discussion about this post