• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य

पुरुष तर्फ गैहापाटन र महिला तर्फ भण्डारढीक प्रथम

Ramsharan Nepali by Ramsharan Nepali
August 17, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ भदौ । नेवाः खल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा यस वर्षको कास्की जिल्ला स्तरीय २६ औं तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा भएको छ ।

सांस्कृतिको संरक्षण, स्थानीय मौलिक परम्पराको प्रवद्र्धनू र भावी पुस्तालाई सिप हस्तान्तरण गर्ने उदेस्यले हरेक वर्ष गरिदै आएको प्रतियोगिता यस वर्ष पोखरा ३० को शिशुवा चोकमा सम्मन्न भएको हो ।

प्रतियोगिताबाट नेवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । वि स २०५४ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनै पुर्णीमाको भोली पल्ट देखाईने गाईजात्रालाई नेवारी समुदायले अनुकुल समयमा आफनो मौलीक सस्कृती जोगाउने हिसावले प्रत्येक वर्ष ताया मचालाई प्रतियोगिताको रुपमा गरिदै आउदा युवा पुस्तामा कला र सस्कृती हस्तान्त्रण हुदै जाने विचार राखेका थिए ।

सोही अवसरमा वोल्दै प्रमुख आचार्यले विकासका काममा स्थानिय स्तरबाट हुने गरेका अवरोधले विकास निर्माणका काम नै प्रभावीत हुने गरेको प्रंशग उठाउदै तालचोक वेगनासतालको वाटो नक्साकै आधारमा निर्माण भएकाले कोही कसैको जग्गा यता उता प¥यो भनेर योजना नै प्रभावीत हुने गरि अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रतियोगिताका मुल संयोजक अर्जुन कुमार ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ३० का बडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी,रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा,नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा खल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ लगाएतले नेवाः संस्कृतिले समुदायिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै तायाः मचा नेवारी समुदायको मात्र पर्व नभइ सवै जात जातीको मौलीक सस्कृती र नेपालको पहिचान भएको वताएका थिए ।

गाईजात्रा पर्वकै अवसर पारेर आयोजित ताय ःमचा नृत्य प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ गैहपाटन ताया मचा समिति पोखरा ४ प्रथम भएको छ भने द्धितियमा सरस्वती ताया मचा समिति तेस्रापट्टि पोखरा ३ ,तृतियमा शिहनाथ ताया मचा मोहोरीया पोखरा २ र सान्तोनामा भिमसेन टोल ताया मचा पोखरा २ भएको छ ।

यसैगरि महिला तर्फको प्रस्तुतीमा भण्डारढीक नेवाःखल पोखरा २९ प्रथम,राजाकोचौतारा नेवाः खल पोखरा ३२द्धितिया,लामाचौर ताया मचा समिति पोखरा १९ तितृय र नदिपुर ताया मचा समिति पोखरा ३ सान्तोना भएको नवाः खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रममा आयोजक शिसुवा नेवा ःखल,पहिलो पटक भाग लिएको घाचोक नेवाः खल र गत वर्षको विजेता वागवजार नेवाः खलले अप्रतियोगिका रुपमा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११, द्धितीयले ७७ हजार सात सय ७७, तृतीयले ५५ हजार पाँच सय ५५ र सान्तोनाले २५ हजार ५ सय २५ नगद सहित आकर्षक पुरस्कार प्राप्त गर्ने छन् भने महिला तर्फको प्रतियोगितामा प्रथमलाई ४० हजार,द्धितियलाई ३०हजार,तृतियलाई २५ हजार र सान्तोनालाई २० हजार सहित सहभागी टिमलाई १५/१५ हजार प्रदान गरिएको थियो ।

विजयी समुहलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले पुरस्कार प्रदान गर्दै नेवारी समुदाय कला र सस्कृतीमा धनी भएकाले यस प्रकारको संस्कृतीको संरक्षण गर्ने दाईत्व राज्यको हुनु पर्नेमा जोड दिएका थिए ।

नेवार समुदायको मौलिक संस्कृति पहिचान र परम्परागत मनाइने ताया मचा नृत्य प्रतियोगितालाई थप व्यवस्थित बनाउदै सांस्कृतिक उत्सवका रुपमा विकास गराउनु पर्ने उदेस्य लिईएको छ ।२५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वले सामाजिक रुपमा सदभाव, माया प्रेम र भाईचारको सन्देश प्रवाह गरेको र समाजलाइ एक सुत्रमा वाध्न सफल विश्वास लिईएको छ ।

Previous Post

कास्कीमा नेशनल प्याव्सनको तदर्थ समिति गठन

Next Post

विकासका काममा सहकार्य आवश्यकः प्रमुख आचार्य

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
विकासका काममा सहकार्य आवश्यकः प्रमुख आचार्य

विकासका काममा सहकार्य आवश्यकः प्रमुख आचार्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?