• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

कस्तो मासु खान हुन्छ? कस्तो खान हुँदैन

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2020
in Uncategorized
0
0
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ७ तनहुँ । दसैंमा नयाँ कपडा लगाउने, मिठो खाने, मान्यजनको आशीर्वाद लिने परम्परा छ। खानेकुराको मामिलामा दसैं खसी काट्ने परम्परा नै हो भन्दा फरक पर्दैन। यो समयमा सक्नेले सिंगै खसी र नसक्नेले अर्को परिवारसँग मिलेर भए पनि खसी काटेर मासु जोहो गर्छन्।

घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरीरमा फाइदाको सट्टा बेफाइदा पु¥याउँछ। त्यस्तै राम्रै मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्दा त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन।

मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। त्यस्तै यसमा भिटामिन बी, जिंक, पोटासियमजस्ता तत्वहरू पनि पाउन सकिन्छ।
यस्तो गुणकारी चिजमा हामीले सानो लापरबाहीले ग¥यौं भने उत्तिकै हानिकारक हुन्छ भन्नेमा दुईमत छैन।

त्यस्तै मासु काट्ने ठाउँ सफासुग्धर नभए यसले विभिन्न सरुवा रोग समेत निम्त्याउने चिकित्सकहरू बताउँछन्। सानोतिनो कुरामा ध्यान नदिनाले चाडवाडको लगत्तै अस्पतालमा बिरामीको चाप बढ्ने गरेको जानकारहरू बताउँछन्। यो समयमा धेरैजसो ’फुड प्वाइजन’का बिमारी आउने चिकित्सकहरूको अनुभव छ।

सही तरीकाले मासु पकाउन, खान, स्टोर गर्न र सरसफाईमा ध्यान दिन नजान्दा मासुले हाम्रो शरीरमा नराम्रो असर पार्न सक्छ।

कस्तो मासु खाँदा रोग लाग्छ ?
– सडेगलेको मासु
– नपाकेको, काँचो तथा पोलेको कालो मासु
– मासु राखेको फ्रिज चलेन भने वा धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा
– जनावर काट्ने बित्तिकै तत्काल पकाएर खाएमा
– बिरामी पशुपन्छीको मासु
– मासु पकाउने व्यक्ति नै स्वस्थ छैन भने
– मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा

यसरी छान्नुस् स्वस्थ्य मासुः

– मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भए त्यस्तो मासु खानु हुँदैन।
–अमिलो र बिग्रिएको जस्तो गन्ध आएको मासु खानु हुँदैन।
– मासु फ्रिजमा छोपेर राख्नुपर्छ र फ्रिज चालु अवस्थामा छ कि छैन याद गर्नुपर्छ।
– मासु समाउँदा वा काट्दा तन्केको जस्तो हुनु हुँदैन।
– तराजु, मासु काट्ने मानिस, लगाएको कपडा, हतियार, मासु काट्ने स्थान आदि सफा छ कि छैन, याद गर्ने।

कस्तो मासु नखाने?

–फ्रिजमा धेरै समय राखेको मासु नखाने
–खुला ठाँउमा राखेको नखाने
–काँचो मासु नखाने
–मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखाने
–धेरै मसला तथा चिल्लो भएको मासु नखाने
– बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने

दसैंमा समयमा विशेष ध्यान दिनुपर्ने कुराः

– खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच्ने।
–मासु नै किनेर ल्याउने भए विश्वासिलो पसलबाट मात्र ल्याउने।
– मासु काट्ने र पकाउने ठाउँको सरसफाइमा विशेष ध्यान दिने।
– मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार नखाने
–मासु खाँदा अधिकतम सागसब्जी, सलाद आदि पनि खाने
– धेरै मासु नखाने
– नियमित व्यायाम तथा कसरत गर्ने
– आफू स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासु नखाने

 

Previous Post

नदेखिएको ठेकेदार सरकार

Next Post

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?