तनहुँ खबर,
कार्तिक ७
दसैं आउन थाल्यो कि गन्धर्वका सारंगी धुनले गाउँघर खुब गुन्जिन्थे । दुर्गा जनाउने भन्दै नवरात्रिमा त गन्धर्वको भीड नै लाग्थ्यो । मानिसहरू पनि यसलाई सहज रूपमा लिन्थे । दसैंमा घरघर पुगेर मालश्री धुन निकाल्नु र दसैंका गीत गाउनु गन्धर्वहरूको पेसा र अधिकार नै ठानिन्थ्यो ।
दाङको तुलसीपुर–४ रक्षाचौरका रामबहादुर गन्धर्व, गणेश गन्धर्व र टेकबहादुर गन्धर्व । तस्बिर स् दुर्गालाल केसी
त्यतिबेला गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही थिएनन् । मनोरञ्जन र सञ्चारका भरपर्दो आधार गन्धर्वहरू नै थिए । एक ठाउँको खबर अर्को ठाउँ पुर्याउन गन्धर्वलाई नै कुर्नुपर्थ्यो । गाउँदागाउँदै देशका विभिन्न भागमा पुग्ने भएकाले मानिसहरू आफन्तलाई खबर पठाउँदा गन्धर्वकै सहारा लिन्थे । गाउँमा सारंगी बज्न थाले दसैं आउन थालेको महसुस हुन्थ्यो ।
Discussion about this post