कार्तिक ७, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । नेपाल शाहीविरुद्धको प्रस्ताव शुक्रबार बहुमतले अस्वीकृत गरेको हो ।
नेपाल कम्यनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव अस्वीकृत गरेको प्रदेशमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्री ज्वालाका अनुसार बैठकमा १८ जना सांसदले मुख्यमन्त्रीको पक्षमा देखिएपछि अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।
असोज २५ गते कर्णाली प्रदेशका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ दल नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको प्रभाव केन्द्रमा पनि देखिएको थियो ।
कर्णाली प्रदेशको विवाद अन्त्य प्रदेशमा पनि सर्ने देखिएपछि नेकपा हेडक्वाटरले प्रदेश नेतृत्वलाई केन्द्रमा बोलाएको थियो । २७ पत्र लेखेरै पठाएपछि प्रदेशका नेताहरु काठमाडौं आएका थिए । तर, कर्णालीको विवाद केन्द्रमा समेत बल्झिन लागेपछि कर्णालीका नेताहरु उतै फर्किएका थिए ।
Discussion about this post