• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु –  काँग्रेस नेता तिवारी 

Lekhnath Khabar by Lekhnath Khabar
April 5, 2020
in समाज
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter
पर्वत । देशभर लकडाउन छ । मानिसहरु घरवाहिर निस्कन सकेका छैनन् । कसैको घरमा सञ्चित गरिएको खाद्यन्न सकियो । दिनभरी मजदूरी गरेर विहान र बेलुकाको गर्जो टार्ने परिवारको बिजोग छ । यो अवस्थामा सरकारले राहात बाँडि हाल्नुपर्ने कार्यविधि बनाउँदै छौँ भनेर टारिरहेको छ । जनता तत्काल राहातको पर्खाइमा छन् । सरकार कार्यविधि बनाउँदै बसिरहेको छ । कोरोनाको त्रास भन्दा भोकले मानिसहरुलाई सताईरहेको छ ।
यो संकटको घडीमा नेपाली काँग्रेसका नेता एवं फलेवास नगरपालिकाका मेयर पदका प्रत्यासी गंगाधर तिवारीले जनतालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले राज्यले सहयोग गर्न नसकेपनि आँफुले समस्यामा परेका जनतालाई सहयोग गर्ने बताउनुभएको हो । कोहि पनि भोकै बस्न नपरोस, कसैले उपचारबाट बञ्चित हुनु नपरोस भनेर सक्दो सहयोग गर्ने तिवारीले अवगत गराउनुभएको छ । लकडाउनको बेलामा कसैको चुल्हो बल्न समस्या भएको भए फोन गरेर जानकारी दिन उहाँले आव्हान गर्दै आवश्यक सहयोग गर्ने सामाजिक सन्जाल तथा सञ्चारमाध्यममार्फत अपिल गर्नुभएको हो । तिवारीले राज्यले राहात दिन ढिलो गर्दा गरिव, विपन्न, मजदूरी गरेर खाने वर्गहरु समस्यामा परेको खबर सुन्दा खिन्न लागेको भन्दै व्याक्तिगत रुपमा सहयोग गर्ने वचन दिनुभएको हो ।
‘फलेवास नगरपालिकाका मात्रै नभएर जिल्लाभरका जुनसुकै ठाउँका मानिसहरु पनि रोग, भोक र शोकले मर्नु नपरोस भनेर मैले सहयोग गर्न खोजेको हुँ,’ तिवारीले भन्नु्भएको छ,‘ राज्यले गर्नुपर्ने सहयोगमा किन ढिलो गरिरहेको छ भनेर म अचम्म परेको छु ।’ महामारीको यो घडीमा सबैलाई घरभित्रै बस्न उहाँले आग्रह गर्नुभयो । सरकारले घरभित्रै बस्न भनेपछि उनीहरुलाई खाने कुराको पनि तत्काल प्रवन्ध गर्नुपर्नेमा ढिलो गरेकोमा तिवारीले दूख व्यक्त गर्नुभएको छ । साथै उहाँले विषम परिस्थितीमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई गरिव तथा दिनदुखीहरुका लागि तत्काल राहात उपलव्ध गराउन माग गर्नुभएको छ ।
तिवारीलाई राहात पाईएन भनेर फोन आईरहेका छन् । कतिपयलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न, औषधोपचार खर्च तिवारीले सहयोग गर्नुभएको छ । ‘ राहात पाईएन भनेर दिनदिनै फोन आईरहन्छन्,‘ तिवारीले भन्नुभयो,‘ अति समस्यामा परेकालाई मैले सकेको सहायता गर्दै आईरहेको छु ।’ विभिन्न संघसंस्थाले जस्तै काँग्रेस नेता तिवारीले पनि खाद्यन्न सहयोग गरिरहनुभएको छ । तर, मिडियमा तिवारीको खासै चर्चा छैन । तिवारीले भन्नुभयो, ‘ म मिडियामा चर्चामा आउन भन्दा पनि जनतालाई कसरी हुन्छ सहयोग गर्नमै बढि ध्यान दिने मान्छे हुँ ।’
हुने खानेहरुलाई लकडाउनले आशिंक समस्या परेपनि हुँदा खानेहरुको हरिविजोग भएको छ । महामारीको बेला हातधुने सावुन समेत किन्न सक्ने हैषियत जनताको छैन । हातमुख जोर्ने र परिवारको पेट भर्ने चिन्ताले कतिपय मजदूरलाई मर्नु न बाँच्नु भैरहेको छ । यस्तो बेला उनीहरुलाई राहात दिने कुरामा राज्यको ध्यान कम गएको छ । तरुणदललाई राहात संकलन गर्न भनिएको छ । नेपाली काँग्रेस पार्टि संगठन तथा भातृ संगठनहरुलाई राहात संकलन गरि वितरण गर्न समेत तिवारीले निर्देशन दिनुभयो । नेता तिवारीले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई रोकथान र नियन्त्रण गर्न स्थानीय सरकार सँगै जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । पर्वतमा स्वास्थकमी, सुरक्षाकर्मी र संचारकमीले खेलेको भूमिकाको प्रशंसा गदै राज्यले उनीहरुको सुरक्षा सँगै पोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
Previous Post

पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

Next Post

गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान
समाचार

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता
समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक
समाचार

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन
समाज

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन
समाचार

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Next Post
कोरोना भाइरसः उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?