भुटानमा जारी साफ यू-१५ महिला च्याम्पियनिसपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल शुक्रबार बंगलादेशसँग २–१ गोल अन्तरले स्तव्ध हुन पुग्यो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार भने टार्न सकेन ।
१२ औं मिनेटमा बंगलादेशकी साहिदा अक्तर रिपाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिइन् । २५ औं मिनेटमा बंगलादेशले पाएको पेनाल्टीमा गोल संख्या दोब्बर बनाउन पुग्यो । बंगलादेशकी कप्तान समसुन्नाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।
६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन् । तर त्यसपछि नेपालले थप गोल गर्न नसके पछि पराजित हुन पुग्यो ।
Discussion about this post