। नेपाल प्रहरीको ६४ औं प्रहरी दिवस प्रदेश ३ को राजधानी हेटौंडामा पनि भव्य रुपमा मनाइएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयको मुख्य आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले नेपाल प्रहरीले शान्ति सुरक्षामा अझ आफूलाई परिमार्जित तथा जनताको नजरमा भरपर्दो बनाउन प्रहरीको क्षमता अभिबृद्धिमा प्रदेश सरकारले भूमिका खेल्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले अपराध अनुसन्धान विभिन्न सूचना संकलन र अध्ययनका लागि प्रदेश स्तरीय अनुसन्धान व्यूरो गठन गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । ग्रामीण क्षेत्रमा रहने प्रहरी, सुरक्षाकर्मीहरुका लागि भवन तथा भौतिक सञ्रचना भरपर्दो बनाउन तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा व्यवस्था गर्ने बताएका छन् ।
दिवसका अवसरमा कर्तव्य पालजनको क्रममा वीरगति प्राप्त प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरीका लागि विभिन्न सहयोग गर्ने दताहरुलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न खेल, कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
दिवसका अवसरमा नेपाल प्रहरीका रुपमा संस्थागत हुनु अघिका तत्कालिन राणाकालीन सुरक्षाकर्मीहरुले लगाउने पोशाक प्रदर्शनी गरिएको थियो । कार्यक्रममा बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका निमित्त प्रमुख अखण्ड शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश ३ का अनुसन्धान निर्देशक सुनिल ढकाल, प्रदेश ३ पूर्व प्रहरी अध्यक्ष प्यारजङ्ग थापा, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, सञ्चारकर्मी, जिल्ला स्थित कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post