चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमणका क्रममा तमिलनाडुको महाबलिपुरम पुग्नु भएको छ ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेको महाबलिपुरमका स्मारकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नु भएको छ । यी स्मारक पल्लव वंशका राजाहरुले स्थापना गरेका हुन् । ७औँ र ८औँ शताब्दीमा कोरोमण्डल तटको किनारमा रहेका चट्टान कुँदेर यी स्मारक बनाइएका थिए ।
अनौपचारिक शिखर वार्ताका क्रममा भारतीय प्रधानमन्त्रीले ‘कृष्णको मख्खन बल’ भनेर चिनिएको चट्टानका बारेमा पनि चिनियाँ राष्ट्रपति सीलाई जानकारी गराउनु भएको छ । यो चट्टान लगभग ६ मिटर अग्लो र ५ मिटर चौडा रहेको छ ।
यसको तौल २५० टनभन्दा बढी रहेको बताइएको छ । यही प्राचीन पत्थरको अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीको हात समाएर उठाउँदै मित्रताको सन्देश दिनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परम्परागत पोसाक धोतीमा देखिनु भएको छ भने चिनियाँ राष्ट्रपति सी जिन पिङ शर्ट पेन्टमा देखिनु भएको छ । दुवै जना नरिवलकोे पानी पिउँदै गफिएको पनि तस्बिरहरु सार्वजनिक भएको छ ।
दुई दिने भारत भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ ।
सम्बन्धित समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईमा
मञ्जुश्रीको पाइला पछ्याउँदै सी जिनिपङ
चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने
चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण : ताक्लाकोट सडकले प्राथमिकता पाउनेमा डाेटी र बझाङका नागरिक आशावादी
यी हुन् चीन र नेपाल मिलेर गर्नुपर्ने महत्वपूर्ण चार काम : राष्ट्रपति सी
Discussion about this post