आइतबार चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा सरकारले सार्वजनिक विदा दिएको छ । तर बैंकहरु भने खुल्ने भएका छन् ।
यसै आर्थिक वर्षको पहिलो त्रैमासको राजश्व संकलन गर्नुपर्ने भएकाले राष्ट्र बैंकले बैंकका सम्बन्धित काउन्टरहरुमा विदा नगर्न निर्देशन जारी गरेको हो ।
खागसरी सरकारले असोज, पुष, चैत्र र असार महिनाको अन्तिम साता २५ गतेपछि मसान्त सम्म शनिवार वा सार्वजनिक विदा परेमा राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सोही अनुसार यसपटक पनि २५ गते शनिवार परेको र आइतबार चिनियाँ राष्ट्रपटि सी जिनपिङको सम्मानमा सरकारले विदा दिएपछि बैंकका काउन्टर, बैंकका क्लिययरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
निर्देशन अनुसार बैंकहरुले राजश्व संकलन गर्ने शाखा बाहेकाका अन्य शाखाहरु भने बन्द गर्न सक्नेछन् ।
Discussion about this post