• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

चाडपर्वमा कसरी सुरक्षित रहने? यस्ता छन् नागरिकले अपनाउनुपर्ने उपाय

Lekhnath Khabar by Lekhnath Khabar
September 29, 2019
in Uncategorized
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

सामान्य भाषामा सुरक्षा भन्नाले कुनै पनि वस्तु वा व्यक्तिको रक्षा गर्नु, क्षतिबाट जोगाउनु भन्ने बुझिन्छ । वस्तु, व्यक्ति र धन सम्पत्तिमाथि हुनसक्ने खतराको रोकथाम गर्ने अथवा हानी हुनबाट रोक्न गरिने क्रियाकलापहरु सुरक्षाका उपायहरु हुन । सुरक्षा एक मानवीय सतर्कता पनि हो ।

चाडपर्वका बेला किनमेल गर्ने तथा आफ्ना कर्मथलोबाट जन्मथलो जानेहरुको चहलपहल बाक्लो हुन्छ । हर्ष, उल्लास, खुशियाली लिएर आइरहेका चाडपर्वहरु कतिपय अवस्थामा नागरिकहरुको आफ्नो सानो गल्तीले पिडादायी पनि बन्न सक्छन् । अपराधीहरुले यस्तै चहलपहल, भिडभाड तथा घरमा कोही नभएको मौकाको फाइदा उठाउने अवसर खोजिरहेका हुन्छन् ।

‘आफ्नाे थैलीकाे मुख राम्ररी बन्द गर्नु, अरुलाई चाेर दाेष नलगाउनु’ भन्ने उखान नै छ । चाडपर्वहरुका बेलामा विभिन्न आपराधिक समूहहरुले पनि मौका खोजिरहेका हुन्छन् । त्यसैले उत्सव मनाउने, किनमेल गर्ने तथा यात्रा गर्ने क्रममा सदैव चनाखो हुनु एवं सतर्कता अपानाउनु अति आवश्यक हुन्छ । सुरक्षा सतर्कता अपनाउन सकिएन भने कोही पनि व्यक्ति जहाँसुकै, जुनसुकै बेला पनि ठगिन, चोरिन वा लुटिन सक्छ ।

विगतमा पनि चाडपर्वका बेला समयमा चोरी लुटपाट, कुटपिट, झै-झगडा, सवारी दुर्घटनाहरु बढी भएको तथ्यांकहरुले देखाएका छन् । त्यसैले अन्य बेलाभन्दा चाडपर्वको समयमा नागरिकहरु अझ बढी सजग र सतर्क रहनुपर्दछ । यस्ता अपराध रोकथाममा प्रहरीहरुले विशेष सुरक्षा योजना बनाएर अघि बढिरहेका हुन्छन् तर नागरिकहरुले पनि आ–आफ्ना तर्फबाट सुरक्षाका केही उपायहरु अवलम्बन गर्नसके सम्भावित लुटपाट तथा धनमालको नाश हुनबाट जोगिन/जोगाउन सकिन्छ ।

के हुन् त यी उपायहरु ?

घरबाट बाहिर जाँदा अपनाउने उपायहरु

कुनै स्थानमा पुग्दा पर्यटकजस्तो अर्थात् नौलो भएकोजस्तो नगर्ने ।
अपरिचित मानिसहरुसँग अनावश्यक बोलचाल नगर्ने ।
अपरिचित मानिसहरुले दिएको कुनै पनि वस्तु नलिने र नखाने ।
आफनो परिचय खुल्ने कागजात तथा आपतकालीन अवस्थामा सम्पर्क गर्ने फोन नम्बरसहित राख्ने । साथै आफ्नो कागजपत्रहरु परिचयपत्र, मुख्य कागजात वा फोटो खिचेर सुरक्षित राख्ने ।
नगद वा बहुमूल्य सामानहरु सकेसम्म धेरै लिएर नहिँड्ने । नगद बोक्दा सुरक्षित तरिकाले राख्ने ।
आफू जाने ठाउँ नजिकका प्रहरीबारे जानकारी लिने ।
केही आपत परेमा के गर्ने भनेर योजना बनाउने ।
कुनै शंकास्पद व्यक्ति, वस्तु देखिएमा नजिकको प्रहरीलाई जानकारी दिने । साथै प्रहरी कार्यालयका हटलाइन नम्बरहरु जहिले पनि साथमा लिएर हिँड्ने । अरुलाई पनि बाँड्ने । शंका लागेमा खबर गर्ने
घर तथा अन्य स्थानमा चोरी हुनबाट सुरक्षित हुने उपायहरु

आफ्नो घर वरिपरि तथा हिँडडुल गर्दा सावधानी अपनाउने । शंकास्पद वस्तु तथा व्यक्तिहरुको निगरानी गर्ने ।
घरबाट बाहिर जानुपर्दा छिमेकीका साथै नजिकको प्रहरीलाई खबर गरेर मात्र जाने ।
बाहिर निस्कनु अघि झ्याल, ढोका राम्ररी बन्द गर्नेे ।
घरको बाहिरी कम्पाउण्डमा सीसी क्यामरा तथा अटोमेटिक सेन्सर लाइट जडान गर्ने ।
सुरक्षा साइरन जडान गर्ने ।
नगद तथा बहुमूल्य सामानहरु दराजभित्र नराखी अन्य सुरक्षित ठाउँमा राख्ने ।
आफ्नो बहुमूल्य सामानहरुको फोटो खिचेर राख्ने । चोरी भएको खण्डमा पत्ता लगाउने काममा यसले प्रहरीलाई सहयोग हुनसक्छ ।
बहुमूल्य सामानहरु प्रदर्शन नगर्ने ।
गरगहनाको शाेख भए नक्कली गरगहना प्रयोग गर्ने ।
बैंकहरुबाट पैसा झिक्दा वा जम्मा गर्दा विशेष सतर्कता अपनाउने ।
रातको समयमा घर, कम्पाउण्डमा बिजुली बत्तीको व्यवस्था गर्ने ।
ताल्चा लगाउँदा बाहिर गेटबाट नभइ भित्रबाट लगाउने, बाहिरबाटै लगाउनुपरेमा पनि बलियो ताल्चा लगाउने ।
रातको समयमा घरमा काेही नभए पनि कोठाको बत्ती बाल्ने, साथै पर्दा राम्ररी लगाउने ।
विभिन्न कार्यालयका कर्मचारी, भाँडाकुडा बनाउने, ग्याँस चुलो बनाउने, हुलाकी आदिको भेषमा अपरिचित व्यक्ति प्रवेश गर्न खोज्ने हुँदा त्यस्ता व्यक्तिहरु आउँदा सतर्क रहने ।
अपरिचित व्यक्तिहरुलाई घरभित्र पस्न नदिने ।
सकभर घरमा कुकुर पाल्ने ।
सकभर घरलाई खाली नराख्ने ।
घरको ढोका, झ्याल फोडिएको देखेमा नुखे र तुरुन्तै प्रहरीलाई खबर गर्ने ।
व्यक्तिगत सुरक्षाका उपायहरु

एकान्त ठाउँबाट हिँडडुल नगर्ने ।
विशेष गरी रातको समयमा हिँडडुल गर्दा एक्लै नहिँड्ने, समूहमा मात्र हिँड्ने ।
आफूले हिँड्ने, घुम्न जाने ठाउँको बारेमा पूर्व जानकारी राख्ने ।
यात्रा गर्दा आफ्नो सामान, झोलाहरुको राम्ररी जाँच गरेर मात्र हिँड्ने ।
शंकास्पद व्यक्तिहरु देखिए दूरी कायम गरेर हिँड्ने ।
सार्वजनिक यातायातबाट यात्रा गर्दा सकभर नसुत्ने ।
शंकास्पद व्यक्तिहरु देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्ने ।
यात्रा गर्ने गाडीमा चढनु अगाडी गाडीको नम्बर नोट गर्ने साथै आफन्तलाई सो गाडीको बारेमा जानकारी दिने ।
यी माथि उल्लिखित सुरक्षाका उपायहरु अपनाउन सके धनमाल लुटिन, चाेरिनबाट जाेगिन सकिन्छ ।

Previous Post

Next Post

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशियो !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशियो !

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशियो !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?