• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home प्रदेश

नौबिसे-नागढुंगा सडकखण्डकाे खाडल धमाधम पुरिँदै : एकातिर गाडीकाे लाइन, अर्काेतिर पिच

Lekhnath Khabar by Lekhnath Khabar
September 26, 2019
in प्रदेश
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

नौबिसे–नागढुंगा सडकमा दशैँमा हुने सवारी चापलाई ध्यानमा राखेर कुनै पनि सवारीसाधन नरोकिने गरी योजना बनाइएको छ ।

दशैँ सुरु भएसँगै भएको सवारी जाम कम गर्ने र असोज १२ गतेदेखि कुनै पनि सवारीसाधन नरोकिने गरी योजना बनाइएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो ।

राजधानी काठमाण्डौबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्डको एकापट्टिको भाग पूरै भत्किएको अवस्थामा छ । दशैँको मुखैमा बाँयाँपट्टिको भागमा परेको खाडल पुर्न पिचको काम गर्दा लामो जामको सामना गरिरहेका यात्रुहरु पनि आक्रोशित छन् । हतार हतार टालटुल गर्ने र यही कामले गर्दा ३० किलोमिटरसम्मको जाम भएपछि यात्रु र सवारी चालकहरु आक्रोशित भएका हुन् ।

काठमाण्डौबाट दिउँसो २ बजे हिडुनुभएका प्रवेश ढकाल रातिको १० बजेमात्र धादिङबेसी आइपुग्नुभयो । बढीमा तीन घण्टाको यात्रा आठ घण्टा लागेपछि यात्रा सहज बनाउन पालिकाका निकायहरुको पहलमा केही ठाउँमा मात्र पिच गर्न थालिएको र दशैँमा यात्रा सहज बनाइने तामाङले प्रतिबद्धताा व्यक्त गर्नुभयो ।

ठूला खाडल भएका ठाउँमा पिच भैरहेको छ र यो काम ११ गतेसम्म मात्र चल्छ । असोज १२ गतेदेखि भारतीय मालवाहक गाडीहरु दिउँसोको समयमा काठमाण्डौ जानका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइने छ । राति ९ बजेपछि मात्र यस किसिमका गाडी काठमाण्डौ प्रवेश गर्नेछन् र बिहान उज्यालो नहुँदै निस्कनेछन् ।

ग्यास, बुलेट, भारी सामान बोकेका चारपाङ्ग्रेभन्दा ठूला गाडीहरु, टिप्परहरुलाई खानी (धार्के) क्षेत्रमै रोकिने छ । यस्ता गाडीले जाम गराइरहेकोले यात्रुवाहक सवारी नभएको बेलामा मात्र काठमाण्डौ प्रवेशको समय मिलाइएको छ । असोज १२ देखि १९ गतेसम्म नियमित रुपमा ठूला सवारीलाई काठमाण्डौ प्रवेशको समय राति तय गरिएको छ ।

नौबिसे–नागढुंगालाई ‘नो ओभरटेक जोन’को रुपमा हाललाई सात वटा घुम्ती मोडहरुमा लागू गरिएको छ । जनपथ प्रहरी, ट्राफिक प्रहरीको ड्यूटी खटाइएको छ । यस किसिमको मोडमा गरिने ओभरटेकलाई तत्काल त्यही ठाउँमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरी खटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले बताउनुभयो ।

त्रिभुवन राजपथमा रहेको नौबिसे–नागढुंगा सडकको भारवहन क्षमता १० टन बराबर छ । तर १५ देखि ४० टनसम्म बोकेका सवारी आवतजावत गर्ने भएकोले छिट्टै बिग्रने र सवारी चापका कारण मर्मतसम्म गर्न कठिन हुने गरेको छ ।

नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनको जीअएमआर कन्स्ट्रक्सनले पाएको छ । चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बाध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको छ । बढी जाम हुने पीपलामोड, झ्याप्लेखोला, टायल घरलगायतका मोडका खाल्डाखुल्डीमा पिच गरिएको छ ।

चाडपर्वको समयमा दैनिक १८ हजार बढी साना ठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन् । तीमध्ये सात सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन् । यो व्यवस्थापन गरेर मात्र सवारी जाम शून्य बनाइन लागिएको ट्राफिक प्रहरीको भनाइ छ ।

Previous Post

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप-रोयल फुटबल क्लब सिलिगुडी फाइनलमा

Next Post

शुक्रबारदेखि नयाँ नोट : यी बैंकहरुमा साट्न सकिन्छ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश

पोखरामा शुक्रबारदेखि विद्यालयहरु खुल्ने

लेउवा संघको स्थगित महाधिवेशन असोज २ मा हुने
प्रदेश

लेउवा संघको स्थगित महाधिवेशन असोज २ मा हुने

लेखनाथमा खुदी खोलाले बगाउँदा १ पुरुषको मृत्यु
प्रदेश

लेखनाथमा खुदी खोलाले बगाउँदा १ पुरुषको मृत्यु

कास्कीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म थप , सवारीमा जोर विजोर हट्यो
प्रदेश

कास्कीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म थप , सवारीमा जोर विजोर हट्यो

पोखरामा कोरोना संक्रमित थपिने क्रम जारी
प्रदेश

पोखरा सहित गण्डकी प्रदेशमा थप २३० जनामा कोरोना सङक्रमण पुष्टि

Next Post
शुक्रबारदेखि नयाँ नोट : यी बैंकहरुमा साट्न सकिन्छ

शुक्रबारदेखि नयाँ नोट : यी बैंकहरुमा साट्न सकिन्छ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?