उत्तम सुनार
पोखरा , १३ भदौ | पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २३० जनामा कोरोना भाईरसको सङक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमण पुष्टि हुनेको सङख्या ८१ हजार १ सय ८ पुगेको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा ११५ महिला र ११५ पुरुषमा सङक्रमण पुष्टि भएको हो । सङक्रमण पुष्टि हुनेमा कास्कीका ५३ , तनहुँ ११, स्याङ्गजा ४१, लमजुङ १६ ,पर्वत १७,म्याग्दी २० ,गोरखा १३,नवलपरासी पुर्व ३८ जना रहेका छन् । साथै यसै समयमा प्रदेशभर थप ६ सङक्रमितको ज्यान गएको छ । योसँगै प्रदेशमा सङक्रमणका कारण ज्यान गुमाउनेको सङख्या १ हजार २९० पुगेको छ ।
Discussion about this post