लेखनाथ, १३ भदौ । लेखनाथ जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आईतबार कोरोना महामारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा–२७ तालचोकमा आयोजना गरिएको कार्यक्रममा सवारीसाधनका चालकहरु, पैदल यात्रुहरु एवं सर्वसाधारणहरुलाई मास्क लगाउन आग्रह गर्नुका साथै सवारी साधनहरुमा जनचेतनामुलक सन्देश लेखिएका स्टिकरहरु टाँसिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै ईलाका प्रहरी कार्यालय डाँडाको नाकका ट्राफिक प्रहरी ईञ्चार्ज रामकृष्ण गौलीले जनस्तरमा चेतना फैलाउन सकेको खण्डमा ट्राफीक प्रहरीलाई पनि सहज हुने वताएका थिए । उनले कोरोना महामारीको जोखीख कायमै रहेको बेला सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागिहरुले तपाईले लगाएको मास्कले मेरो सुरक्षा गर्छ, मैले लगाएको मास्कले तपाईको सुरक्षा गर्छ, म मास्क लगाउँछु र अरुलाई पनि लगाउन प्रेरीत गर्छु जस्ता चेतनामुलक सन्देश लेखिएको प्लेकार्डहरु बोकेका थिए ।
संस्थाका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका अध्यक्ष मिलन तिवारी, लेखनाथ जेसिजका पुर्व अध्यक्ष नगेन्द्रराज बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लवले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यक्रम जुम एप्लीकेशन को माध्यमबाट गरिने क्लवले जनाएको छ ।
कार्यक्रम संयोजक मौसम बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।
Discussion about this post