लेखनाथ, १३ भदौ । यहि भदौ १८ र १९ गते हुन भनिएको लेखनाथ उद्योग वाणिज्य संघको २५ औं साधारण सभा तथा १३औं अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ ।
निषेधाज्ञा जारी रहेकै बेला संघले आफ्नो अधिवेशन गर्ने भएपछि उम्मेदवारहरु व्यवसायीहरुसँग भोट माग्ने काममा जुटिसकेका थिए भने दावेदारी आफ्नो पक्षमा पार्न प्रचार प्रसारको कामलाई समेत तिव्र बनाईसकेका थिए ।
यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारी दर्ता देखि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो।
आईतबार कास्कीका सिडियो थानेश्वर गौतमले कोरोना महामारीको जोखीम कायमै रहेको बेला अधिवेशनको कार्यक्रम रोक्न निर्देशन दिएपछि संघको आईतबार वसेको कार्यसमितिको वैठकले भाद्र ११ गते सम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै यस भन्दा पछिको कार्यक्रम अर्को सुचना नआउँदासम्मका लागि स्थगित गरेको हो ।
स्थगित भएको निर्वाचनको कार्यक्रम अर्को सुचना आउनु भन्दा १० दिन अगाडी सार्वजनिक गरिने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका छन ।
उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् ।
Discussion about this post