उत्तम सुनार
लेखनाथ , भदौ ३० | पोखरामा आगामी शुक्रबारबाट शैक्षिक संस्थाहरु नियमित रुपमा संञ्चालनमा आउने भएका छन् । महानगरपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले पोखरा महानगरपालिका अन्र्तगतका सम्पुर्ण विदयालयहरु , पुर्व प्राथमिक विदयालयहरु , कोचिङ सेन्टर र भाषा प्रशिक्षण केन्द्रहरु सरकारले तय गरेको स्वास्थ्य मापदण्डहरु पालना गरि नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरिएको बुधबार महानगरद्धारा जारी एक सुचनामा उल्लेख गरिएको छ ।
सुचनामा विदयालहरु सञ्चालन गर्नु पुर्व विदयालयका कक्षा कोठा , फर्निचर , शौचालय , यातायातका साधन तथा विदयाल प्राङ्गणलाई पुर्णरुपमा निर्मलिकरण गर्नु पर्ने र विदयालयको भौतिक अवस्था र विदयार्थी सङख्याका आधारमा विदयार्थीहरुलाई एकै वा फरक फरक सिफट् अनुसार कक्षा सञ्चालन गर्न पाईने उल्लेख गरिएको छ । प्राथना , खेलकुद लगायत अन्य भिडभाड हुने अतिरिक्त क्रियाकलायहरु भने हाललाई निषेध गरिएको छ ।
साथै विदयालय सञ्चालन गर्दा आकास्मिक रुपमा कुनै पनि समस्या आएमा नजिकको स्वास्थ्य केन्द्रमा जानकारी गराउन र त्यसको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई गराउन भनिएको छ ।
Discussion about this post