• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघ महाधिवेशन – कोषाध्यक्षमा ओझा, पौडेल र नेपालीको उम्मेद्वारी

Lekhnath Khabar by Lekhnath Khabar
September 15, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २७ भदौ । यहि असोज २ गते हुन गईरहेको लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनको लागी कोषाध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको छ ।

उम्मेद्वारी दिनेहरुमा वर्तमान कार्यसमिति सदस्यहरु भिम बहादुर नेपाली काँईला, भरतराज ओझा र रामजी पौडेल रहेका छन ।
२०७० सालमा साधारण सदस्यको रुपमा उद्योग वाणिज्य संघ प्रवेश गरेका भिम बहादुर नेपाली काँईलाले २ कार्यकाल उप–समिति संयोजक र २ कार्यकाल कार्यसमिति सदस्यको रुपमा कार्य गरिसकेका छन । १ कार्यकाल पराजय समेत व्यहोरेका नेपालीले पराजय पछि पनि मतदाताहरुकोमा पुगेर धन्यवाद व्यक्त गरेका थिए ।

व्यवसायीको हकहित , आधारभुत आवश्यकताको सम्बोधन एवं कृषिको व्यवसायीकरण लगायतका विषलाई लिएर मतदाताहरुको विचमा पुगिरहेका नेपालीले आफु विजयी भएको खण्डमा १७ सय सदस्य संख्यालाई बढाएर ३ हजार पुर्याउने र कृषि उपज खरिद विक्रि केन्द्रलाई चलायमान बनाई कोषको अवस्था मजबुत एवं पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

संघमा आफ्नो कार्यअनुभव राम्रो रहेको र सबै व्यवसायीहरुको मनमुटुमा वस्न सफल भएकोले अन्य खालका चलखेलहरु नभएको खण्डमा आफ्नो जित सुनिश्चित रहेको उनले दावी गरे ।

यस्तै कोषाध्यक्ष पदको उम्मेदवारहरुमध्ये आफुलाई सबैभन्दा पुरानो सदस्य भएको दावी गर्ने रामजी पौडेलले अहिलेसम्म संघका हरेक गतिविधिहरुको सक्रिय रुपमा सहभागि हुँदै आईरहेको र व्यवसायीका पिर मर्कालाई बुझेर निराकरण गर्न सक्ने क्षमता आफुमा रहेको वताउँदै उम्मेद्वारी दर्ता गरेको वताए ।

२०६० सालदेखी साधारण सदस्यको रुपमा संघमा आवद्ध भएका पौडेलले व्यवसायीक हक हित सुनिश्चित गर्नु नै आफ्नो मुख्य एजेण्डा रहेको वताउँदै आफु कोषाध्यक्ष पदमा निर्वाचित भएमा विभिन्न आर्थिक क्रियाकलापहरुलाई चलायमान गराउँदै कोष वृद्धि गर्ने वताए ।

यसै गरि २०७४ सालमा साधारण सदस्यको रुपमा संघमा प्रवेश गरेका व्यवसायी भरत ओझा सम्पुर्ण व्यवसायीहरुमाझ परिचित भएकै कारण जित सुनिश्चित रहेको दावी गर्दछन । लेखनाथका विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय रहेकाले सबै व्यवसायीहरुसँग नजिककको सम्बन्ध रहेको र उहाँहरुले आफुलाई मतदान गर्ने निश्चित रहेको उनको दावी छ ।

२ कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा सेवा गरिसकेका ओझाले संघले आयोजना गर्ने लेखनाथ महोत्सवमा स्टल संयोजक एवं टिकट संयोजक भएर काम गर्दा ऐतिहासिक काम गरेको दावी गर्छन । कोरोना महामारीले व्यवसायीहरुलाई पारेको असरलाई न्यूनिकरण गर्दै उत्थान गर्नुपर्ने र महामारीलाई मध्यनजर गर्दै राज्यले ल्याएका सुविधाहरुलाई संघमार्फत व्यवसायीहरुसमक्ष पुर्याउने मुख्य एजेण्डा लिएर मतदाताहरुमाझ पुगिरेहेका ओझाले व्यवसायीहरुबाट सकारात्मक प्रतिक्रिया पाईरहेको वताउँछन ।

कोषाध्यक्ष पदका उम्मेदवारहरुमा तिनै जनाले आफ्नो जित सुनिश्चित रहेको दावी गरेपनि पदमा कसलाई पुर्याउने भन्ने जिम्मा मतदाता व्यवसायीहरुमा निर्भर छ । निर्वाचनको समय नजिकिंदै जाँदा तिनैजनाले प्रचार प्रसार एवं व्यवसायीहरुसँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन । संघको २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन यहि असोज १ र २ गते हुँदैछ ।

Previous Post

आर टु एम एजुकेशनद्धारा प्लस टु को परिक्षा दिने विद्यार्थीहरुलाई शुभकामना

Next Post

पोखरामा शुक्रबारदेखि विद्यालयहरु खुल्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

पोखरामा शुक्रबारदेखि विद्यालयहरु खुल्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?