भदौ ३०, लेखनाथ । वैदेशिक अध्ययन परामर्शको लागि पोखरा २७ तालचोकमा रहेको आर टु एम एजुकेसन स्पेसलिस्ट्सले कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै सम्पुर्ण परिक्षार्थी विद्यार्थीहरुलाई अंग्रेजी भाषा IELTS तथा PTE मा पचास प्रतिशत छुट दिने निर्देशक निर्भान देवानले लेखनाथ खवरलाई बताए।
बिगत ४ वर्ष देखि पोखराको सिद्धार्थ चोकमा विद्यार्थी हरुलाई वैदेशिक शिक्षाको परामर्श, अंग्रेजी भाषा आईएल्टिस तथा पिटिइ संचालन गर्दै आएको आर टु एम ७ महिना अघिदेखी पोखरा–२७ तालचोकमा सञ्चालन भईरहेको छ ।
लेखनाथ क्षेत्र भित्र रहेका विद्यार्थी हरुलाई आफ्नै घर छेउ नजिकै बाट सेवा दिने उदेश्यले स्थानान्तरण गरिएको उनको भनाई छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोक बाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलर द्वारा वैदेशिक शिक्षा परामर्शको सम्पुर्ण सेवा, अस्ट्रेलिया, युके, अमेरिका, क्यानडा तथा न्युजिल्यान्डका धेरै जसो कलेज तथा विश्वविद्यालय संग समन्वय गरेर विद्यार्थी लाई छिटो छरितो सेवा, एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवा हरु संचालीत छन् ।
बिगतका दिन हरुमा विद्यार्थी हरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं चितवन तथा पोखरा बजार सम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने बिश्वास लिएको निर्देशक देवानले बताएका छन् ।
Discussion about this post