लेखनाथ, २९ भदौ । लेखनाथ क्षेत्रका हार्डवेयर व्यवसायीहरुको छाता संगठन लेखनाथ हार्डवेयर एसोसियसनको अधिवेशन यहि असोज २३ गते हुने भएको छ ।
असोज ३ गतेका लागी तोकिएको एसोसियसन को अधिवेशन लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशनलाई मध्यनजर गर्दै पछाडी सारीएको अध्यक्ष विजय गुरुङ्गले जानकारी दिए ।
एसोसियसनमा आवद्ध रहेका व्यवसायीहरु संघको महाधिवेशनमा पनि उम्मेद्वार रहेकाले उनीहरुलाई विजयी गराउने अभियानमा जुट्नुपर्ने भएकाले कार्यसमितिको वैठक बसि मिति सारीएको एसोसियसनका सचिव शिवराम अधिकारीले वताएका छन ।
Discussion about this post