उत्तम सुनार
पोखरा , भदौ १७ | कास्कीमा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा बिहिबार जारी आदेशमा निषेधाज्ञाको समय भदौ ३१ सम्मका लागि थप गरिएको छ । निषेधाज्ञा थप गरिएपनि यसअघि लागु गरिएको सवारीमा जोरविजोर प्रणाली भने हटाईएको छ ।
आदेशले सबै प्रकारका सभा सम्मेलन, भिडभाड ,जुलुस , जात्रा एवं महोत्सव गर्न रोक लगाएको छ । सघं संस्थाहरुले कानुन बमोजिम नगरि नहुने सभा , सम्मेलन ,बैठक आदि भने स्वास्थ्य शुरक्षाका सर्तकता अपनाई प्रशासनलाई अग्रिम खबर गरि गर्न पाउने छन् ।
सिनेमाहल, पार्टी प्यालेस, नाँचघर, क्लब, दोहोरीसाँझ, रंगशाला , फुटपाथ पसलहरु खोल्न तथा सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।
Discussion about this post