लेखनाथ, १७ भदौ । लेखनाथ जेसिजको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ । भाद्र १० गतेदेखी शुरु भएको सप्ताहव्यापी कार्यक्रम बुधबार पुरस्कार वितरण एवं समापन समारोह गर्दै सम्पन्न भएको हो ।
‘सम्भावनाको खोजी गरौं’ भन्ने प्रकरणका साथ सात दिन सम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन १० गते बिहिबार खाद्यान्न तथा स्टेशनरी वितरण कार्यक्रम, ११ गते शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम, १२ गते शनिबार मैत्रिपुर्ण फुटसल प्रतियोगिता, १३ गते आईतबार माक्स लगाउन प्रेरीत गर्ने उद्धेश्यले जनचेतना कार्यक्रम १४ गते सोमबार मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता, १५ गते मंगलबार रक्तदान कार्यक्रम र अन्तिम दिन १६ गते बुधबार पुरस्कार वितरण गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले जेसीज युवाहरुको योग्यता र क्षमता विकास गर्ने सामाजीक संस्थाको रुपमा रहेको वताउँदै लेखनाथ जेसीजले लेखनाथ क्षेत्रको विकासको लागी वातावरण तयार गर्ने विषयमा महत्वपुर्ण भुमिका खेलेको वताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशनमा निर्विरोध अध्यक्ष पदमा चयन हुन सफल क्षत्रधर आत्रेय, देखनाथ जुनियर जेसीजकी अध्यक्ष शिवानी केसी, लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, पोखरा जेसिजका अध्यक्ष ई. किरण केसी, लेखनाथ जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत ‘शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव’ विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल सत्यवति मावि दमौलि तनहुँका गौरव सापकोटा, द्धितीय हुन सफल न्यू लेखनाथ पब्लिक एकेडेमी, लेखनाथ, कास्कीका विवेक अधिकारी र तृतीय हुन सफल डायमण्ड मावि लेखनाथ कास्कीकी अनुसा लामिछानेलाई पुरस्कार वितरण गरिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने व्यक्ति एवं संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष नवराज नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक कृष्ण तिवारीले जेसिज कार्यक्रमका उद्धेश्यमाथी प्रकाश पारेका थिए भने स्वागत समापन कार्यक्रमका संयोजक सर्वेन्द्र न्यौपाने, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।
Discussion about this post