किशोर परियार
१७ भदौ, लेखनाथ । पहिरोले खानेपानी पाइप बगाएपछी लेखनाथ खानेपानी उपभोक्ता संंस्थाका उपभोक्ताहरुका लागि खानेपानीको समस्या पर्ने भएको छ ।
भदौ १६ गते रातीको अबिरल बर्षाको कारण कसेरी पारीको क्षेत्रमा पहिरो गई २०० मिमि को डिआई पाइपमा क्षती भएकाले भदौ २७ गते सम्मका लागी उपभोक्ताहरुलाई समस्या परेको हो ।
पहिरो गएको भोलीपल्टबाटै मर्मत कार्य सुरु भएको छ, तर क्षती भएको स्थान भिरालो भएकोले मर्मत कार्य गर्न कठीन भएको संस्थाका प्रमुख शिब अमात्यले जानकारी दिए । साथै संस्थाले सुचना जारी गरी उपभोक्ता बर्गमा पर्न गएको असुबिधा प्रति क्षमा याचना समेत गरेको संस्थाका प्रमुख अमात्यले बताए ।
हाल संस्थाको लागभग ८० हजार जनसंख्या खानेपानीे उपभोक्ता रहेका छन् ।
सुंस्थाबाट जारी सुचना हेर्नुहोस ।
Discussion about this post