१४औं महादिवेसनमा पोखरा-३० वडा सभापति पदको उमेदवारमा दुर्गादत्त भुर्तेलले उमेदवारी प्रस्तुत गरेका छन् ।
भुर्तेल राजनैतिक क्षेत्रमा २०३६ साल बाट सक्रिय रहि हाल सम्म नितान्त रुपमा पार्टिका लागि र यसको मान र मर्यादाका लागि
अनवरत सेवामा रहि आउनु भएको छ।
हाल वडा नम्बर ३०मा वडा नेतृत्व दाबी गर्दै गर्दा उहाँ पुरानो र असल व्यक्तित्वका रुपमा चुनावमा उत्रनुभयको छ ।नेपालि काङ्ग्रेस पार्टी र यसको नितान्त सिद्धान्त प्रतिको झुकाव र सामाजिक कार्यमा उहाँको सहभागिताले यस पटक भुर्तेल प्रमुख दाबेदार हुनुहुन्छ भन्ने आकलन गरिएको जानकारहरु बताउछन।
भुर्तेल सामाजिक र विभिन्न अन्य संघ संस्था हरुमा सेवा गर्ने क्रममा हाल चायापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समिती (अध्यक्ष), नेपाल ट्रेड युनियन कास्की काङ्ग्रेस (सदस्य-२०६५ साल),
यातायात मज्दुरसंघ कास्की सदस्य(२०६५ देखि हाल सम्म)
पृथ्वी राजमार्ग बस संचालक समिती (सदस्य-२०६८साल) लगायत विभिन्न छेत्रमा लाग्दै आउनु भएको छ।
उम्मेद्बारी दिदै गर्दा सामाजिक सन्जालमा भुर्तेलले आफू बोलिमा सिमित नरहि व्यक्तिगत हित भन्दा माथि रहेर पार्टी हित र यसको साथमा आफुले चालेका कदम सधै समाज निर्माणका साथ पार्टि मजबुत बनाउनका लागि अघि बढिरहने र आफु रहुन्जेल निरन्तर बढाइरहने कुरा जनाउनु भएको छ।
पार्टीको नेतृत्व गरि यस वडामा काङ्ग्रेसको बाहुल्यता र मज्बुतिकरणका लागि अबिचलित रुपमा अगाडि बढ्न आफुले कदम अगाडि बडायको र यश क्रम मा आफुलाइ साथ दिनका लागि आवहान गर्दै उहाले उम्मेद्बारी दिएकाे बताइएकाे छ ।
Discussion about this post