लेखनाथ, १५ भदौ । लेखनाथ जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत छैटौं दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायण प्रसाद बरालले पहिलो रक्तदाता मनोज चापागाईलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष बरालले अहिलेको विषम परिस्थितीमा भएको रगतको अभावलाई मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा क्लबको प्रशंसा गर्दै रगतको अभावमा कुनै पनि विरामीले अकालमा मृत्यूवरण गर्नुपर्ने अवस्था आउन दिन नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा क्लवका पुर्वअध्यक्षहरु ऋषिराम जमरकट्टेल, सुमन भट्टराई, नरेन्द्र बाँस्तोला र रक्तसंचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी लगायतले रक्तदान नै सबैभन्दा पुण्य कार्य भएको वताउँदै हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न आग्रह गरेका थिए ।
रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरिएको क्लवले जनाएकोछ ।
क्लवका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक कृष्ण तिवारीले जेसिज कार्यक्रमका उद्धेश्यमाथी प्रकाश पारेका थिए भने स्वागत कार्यक्रमका संयोजक उत्तम श्रेष्ठ, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।
कार्यक्रम अवधिभर विभिन्न विद्यामा उत्कृष्ट हुनेलाई बुधबार पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको र सप्ताहव्यापी कार्यक्रमको पनि समापन गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष नवराज पौडेलले जानकारी दिएका छन ।
Discussion about this post