लेखनाथ, १५ भदौ । १४ औं पुस्तकालय दिवसको अवसरमा दिपशिखा सामुदायिक पुस्तकालय पोखरा–२९ र रिड नेपालको सहयोगमा राहत वितरण गरिएको छ ।
‘सवल समाजको आधार सार्वजनिक पुस्तकालयको बिकास र विस्तार’ भन्ने मुल नाराका साथ कोभिड –१९ प्रतिकार्य परियोजना अन्र्तगत दैनिक गुजारा चलाउन नसक्ने गरिव तथा असक्तहरुलाई खाद्य सामाग्री वितरण गरिएको हो ।
पुस्तकालयले पढ्ने र पढाउने मात्र होईन गरिव तथा असक्त दिर्घ रोगीको जिविकोपार्जनका लागि सहयोग पनि गर्छ भन्ने भावनका साथ संचालन गरिएको राहत वितरण कार्यक्रममा मृगौला, मुटुरोग, पक्षघात तथा शारिरिक अपाङ्गता भएका १२ जनालाई सहयोग गरेको हो ।
कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले राज्यले दैनिक गुजारा चलाउन नसक्ने र जिवन यापनका लागि मजदुरी समेत गर्न नसक्ने समुदायको लागि सहयोग गर्दै आएको वताएका थिए ।
दिप शिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिपकमणि भण्डारीले स्वागत र कार्यलय प्रमुख धनमाया पहारीले कार्यक्रम संचालन गरेकी थिईन ।
यसैविच पुस्तकालय दिवस कै अवसर पारेर मंगलवार वडा नं २९ को शहरी स्वास्थ्य केन्द्रमा परिसरमा हात धुने सुविधा सहितको पानी टंकी राखिएको थियो भने सोमवार स्वास्थ्य जनचेतनाका लागि पुस्तकालय परिसरमा सरसफाई गरिनुका साथै पैदलयात्रीहरुलाई मास्क वितरण गरिएको थियो ।
Discussion about this post