• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

शुक्रबारदेखि नयाँ नोट : यी बैंकहरुमा साट्न सकिन्छ

Lekhnath Khabar by Lekhnath Khabar
September 26, 2019
in अर्थ खबर
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

दशैँको लागि शुक्रबारदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नोट साट्न पाइने ठाउँ :

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ ।

Previous Post

नौबिसे-नागढुंगा सडकखण्डकाे खाडल धमाधम पुरिँदै : एकातिर गाडीकाे लाइन, अर्काेतिर पिच

Next Post

राज्यलाई जुम्लाको प्रश्न : खै हाम्रा सिञ्जाका सुनका असर्फी ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
राज्यलाई जुम्लाको प्रश्न : खै हाम्रा सिञ्जाका सुनका असर्फी ?

राज्यलाई जुम्लाको प्रश्न : खै हाम्रा सिञ्जाका सुनका असर्फी ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?