• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

साना बालबालिकासंग कक्षा ४ मा पढ्दै ५० वर्षीया चौधरी

Lekhnath Khabar by Lekhnath Khabar
September 16, 2019
in Uncategorized
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षको हुनुभयो । उहाँ दुई वर्षदेखि नियमित विद्यालय जानुहुन्छ । ‘‘४ कक्षाका साना बालबालिका सँगै पढ्छु । नेपाली अक्षर सरर पढ्न सक्छु ।’’ मनबुझौनी भन्नुहुन्छ, ‘‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु ।

सिक्दै जांँदा अझ पढ्ने इच्छा बढ्दै जाँंदो रहेछ ।’’ उहांँले सात जनाको परिवारका लागि बिहान र सांँझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिइरहनुभएको छ । ‘‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुंँदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमिति पोशाकमै विद्यालयमा आउने गरेकी छु ।’’ उहांँले भन्नुभयो, ‘‘म श्रीमान्लाई सुनाउंँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’’

उहांँजस्तै जोशीपुर– ३ छोटेलाल स्मृति आधारभूत विद्यालय लक्कडमा आठ महिला विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उनीहरु सबै ४० वर्षभन्दा माथि उमेरका छन् । पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने भनाइलाई जोशीपुरका आठ आमाले प्रमाणित गरेका छन् । उमेरले धेरै पढ्न नसके पनि हिसाबकिताब राख्न र अक्षर चिन्न सक्ने हुने सबैको इच्छा छ । सावाँ अक्षर पढ्न र लेख्न सक्ने भई व्यावहारिक जीवन अगाडि बढाउने सबैको रहर छ ।

सानो उमेरमा पढ्न नपाएका महिला ४० कटेपछि पढ्न पाएकामा निकै खुशी छन् । ग्रामीण क्षेत्रमा रहेकाले अहिले गाउंँठाउँमा विभिन्न बैठक र महिलासम्बन्धी छलफल हुने भएकाले आफूहरु निरक्षर हुँदा हस्ताक्षरसम्म गर्न नजानेको पीडाले उनीहरुमा पढ्ने इच्छा जागेको हो ।

सामूहिक रुपमा पढ्ने मनसाय र सल्लाह गरेर विद्यालय आउन थालेको अर्का विद्यार्थी पानमति चौधरीले बताउनुभयो । शुरुमा विद्यालय आउँदा धेरैले कुरा काटे, समूहमा संँगै आउने, संँगै जाने ग¥यौँ, जसले सहज भयो”, पानमतिले भन्नुभयो, ‘‘अहिले नियमित विद्यालय आउँदा पढाइ राम्रो भइरहेको छ । सबैले राम्रो गरिरहेछौंँ भन्न थालेका छन् ।’’

विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउनुहुन्छ । ‘‘महिला विद्यार्थीहरु छिट्टै लेख्न, पढ्न नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । शुरुशुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’’, शिक्षिका कठरियाले भन्नुभयो, नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरुलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छाँैं ।’’

विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरु आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताउनुभयो ।

‘‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’’, प्रधानाध्यापक कठरियाले भन्नुभयो, ‘‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौंँ । उहांँहरुलाई थप कक्षा पनि दिने गरेका छौंँ ।’’

उहाँंले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताउनुभयो ।

Previous Post

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा डेंगु रोगकाे पर्याप्त अनुसन्धान !

Next Post

प‍ोखरा काे बगरमा खुल्याे हाेलसेल मुल्यमा सबै समान पाईने पानी पंधेराे डिपार्टमेन्ट स्टाेर्स !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
प‍ोखरा काे बगरमा खुल्याे हाेलसेल मुल्यमा सबै समान पाईने पानी पंधेराे डिपार्टमेन्ट स्टाेर्स !

प‍ोखरा काे बगरमा खुल्याे हाेलसेल मुल्यमा सबै समान पाईने पानी पंधेराे डिपार्टमेन्ट स्टाेर्स !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?