नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।
डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले रोगबारे सुक्ष्म ढंगले अनुसन्धानको काम भइरहेको बताएको हो । परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताउनु भयो ।
परिषदले रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदले रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।
Discussion about this post