नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ’किरण’ देशको दिर्घकालिन र नयाँ जनवादी क्रान्तीलाई नयाँ उचाई दिन बर्तमान सरकारवाट सम्भव नरहेको बताएका छन् ।
नेकपा मसाल निकट अखिल किसान महासंघ र नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० निकट अखिल किसान महासंघ (क्रान्तिकारी)ले काठमाडौँमा आयोजना गरेको ‘किसान समस्या र त्यसको समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै महासचिव ’किरण’ले दुई तिहाईको दम्भको सरकारले जनतामा स्थिरता कायम गर्दे जनभावना अनुरुप काम गरिरहेको बताएका हुन् ।
उनले देशको परिवर्तनको दिशामा लम्कनबाट बिमुख बनाउने दललाल पुर्जिवादी ब्यवस्थाका विरुद्ध एक भएर अगाडी वढ्न क्रान्तीकारी शक्तिहरुलाई आवहन समेत गरे । उनले पछाडी पारेको बर्ग समुदाय र किसानहरुको हक अधिकारका लागि लड्ने वेला आएको भन्दै महासचिव बैद्यले किसानहरु जुन बर्ग समुदाय वाट पडाडी पारिएका छन् उनीहरु देशको कृर्षि क्रान्तीमा सवै अगाडी मोर्चामा आउनु पर्ने उनको भनाई थियो ।
‘‘विचौलियाँ र जुन व्यस्थाको पछाडी बाट भित्रि शक्ति होस या बाहिरी शक्ति जुन किसानहरुको माग सम्वोधन गर्न सक्दैन दिर्घकालिन सुधार,क्रान्तिकारी भुमिसुधार र जनताहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सुधारमा यो सरकारले अव केहि गर्ने वाला छैन त्यसका लागि नयाँ सोचमा किसान आन्दोलन सशक्त रुपमा अगाडी आउन जरुरी छ । ’’बैद्यले भने ।
कार्यक्रममा अखिल किसान महासंघ अध्यक्ष भैरव राज रेग्मीले किसानहरुको साझा ठोस मुद्धा लागु गर्न र किसानहरुका समस्या समाधान गर्न सैद्धान्तिक भन्दा व्यहारिक लडाई लड्नु आजको आवश्यकता भईसकेको औल्याए । उनले देशमा क्रन्तिकारी भूमिसुधार, मोहियानी हक पुर्ण रुपमा कार्यान्वयन गर्दे कृर्षिलाई बैज्ञानिक र व्यवस्थित बनाईनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधि सांसद दुर्गा पौडेलले कृषिलाई बैज्ञानिक र आधुनिकतामा जोड दिर्दै सम्रग किसानहरुको अधिकारलाई स्थापित पार्दे किसान आन्दोलनलाई संगठित रुपमा अगाडी वढाउन जरुरी भईसकेको बताईन ।
कार्यक्रममा युवा नेता समिर सिंह लगायत नेताहरुले समाज रुपान्तरणको दिशामा पुजिँवादी समाजका कारण किसानहरु सधै अन्याय अत्याचार र दमनको सिकार वाट निस्कन सामन्ती र पुजिँवादी व्यस्थाका विरुद्ध एकताबद्ध भएर लाग्नु पर्ने तर्क राखेका थिए ।
Discussion about this post