• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

महिला नेतृत्व विकासका लागि सामूहिक पहल आवश्यक भएको छ : मन्त्री खतिवडा

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in समाचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एसियाका महिलाको नेतृत्व विकासका लागि सामूहिक पहल आवश्यक भएको बताउनुभएको छ ।

दक्षिण एसियाली महिला विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०१९’ को उद्घाटन गर्दै उहाँले दक्षिण एसियाका महिलालाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा बलियो बनाउन सामूहिक पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

महिलालाई सफल बनाउन शिक्षा आवश्यक भएको मन्त्री खतिवडाको भनाइ थियो । नेपालको सन्दर्भमा महिलाको नेतृत्व विकासका लागि संवैधानिक रुपमा स्थानीय तहदेखि नै प्रतिनिधित्व सुनिश्चित गरिएको उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले थप अधिकारका लागि एकीकृत सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो पटक विकास भएको सूचना, सञ्चार र प्रविधिको विकासको भरपुर प्रयोग गरी महिलालाई उद्यमशीलतातर्फ केन्द्रित गर्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नेपालको सन्दर्भमा अहिले पनि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकालगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता रहेको मन्त्री खतिवडाले बताउनुभयो ।

महिला अधिकारकर्मी भारती सिलवाल गिरीले लैङ्गिक समानताका लागि महिला र पुरुषबीच नै एकता हुनुपर्ने बताउनुभयो । दुई दिनसम्म चल्ने सो सम्मेलनमा पर्यटन क्षेत्रमा लैङ्गिक समानता, सूचना, सञ्चार तथा प्रविधिमा महिला समानता, महिला उद्यमीको क्षमता विकासलगायत विषयमा छलफल हुने छ ।

Previous Post

डेंगु संक्रमण बढ्दै ! यो कसरी सर्छ ?

Next Post

देशको दिर्घकालिन जनवादी क्रान्तीलाई उचाई दिन बर्तमान सरकारबाट असम्भव : महासचिव वैद्य

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
देशको दिर्घकालिन जनवादी क्रान्तीलाई उचाई दिन बर्तमान सरकारबाट असम्भव : महासचिव वैद्य

देशको दिर्घकालिन जनवादी क्रान्तीलाई उचाई दिन बर्तमान सरकारबाट असम्भव : महासचिव वैद्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?