• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

एशेज सिरिज :पाँचाै टेस्टकाे पहिलाे दिन इंग्ल्याण्ड २७१ रन, ८ विकेट !

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in Uncategorized
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

इंग्ल्याण्डमा जारी एशेज श्रृंखलाकाे पाँचाैँ टेस्टकाे पहिलाे दिन इंग्ल्याण्डले ८ विकेटकाे क्षतिमा २७१ रन जाेडेकाे छ ।

‍इंग्ल्याण्डकाे द ओभल मैदानमा नेपाली समय अनुसार पाैने चार बजे सुरु भएकाे खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङमा उत्रेकाे ‍इंग्ल्याण्डले मध्यम सुरुवात गर्याे । नवाैँ ओभरकाे तेस्राे बलमा ओपनर जाे डेन्लीलाई प्याट कमिन्सले स्मिथकाे हातबाट क्याच आउट गराए । यतिबेलासम्म डेन्लीकाे व्यक्तिगत रन १४ तथा टिमकाे रन ३० थियाे । अर्काे पट्टी थिए अर्का ओपनर राेरी बर्नस ।

त्यसपछि आएका जाे रुटले राेरी बर्नससँग राम्राे साझेदारी गरे । टिमकाे रन १०३ हुँदा ओपनर बर्नसलाई ४७ रन बनाएका बेला हेजलवुडले आउट गरे । त्यसपछि क्रिजमा आएका र तेस्राे टेस्टमा शानदार जित दिलाएका बेन स्टाेक्स व्यक्तिगत २० रन बनाउँदै टिमकाे स्काेर १३० हुँदा मिचेल मार्शकाे बलमा आउट हुन पुगे ।

चाैथाे विकेटका रुपमा अर्धशतकीय पारी खेलेर जाे रुट पेभेलियन फर्किए । लगत्तै स्टाेक्सपछि आएका जाेनी बेयरस्टाेले पनि रुटकै बाटाे समाते । त्यसपछि क्रिजमा आएका साम कर्रन, जसले भारतविरुद्धकाे टेस्टमा शानदार पारी खेलेर आफ्नाे टिमलाई जित दिलाएका थिए, पनि व्यक्तिगत १५ रन बनाउँदै मार्शकै बलमा आउट भए।

यतिन्जेल इंग्ल्याण्डले १९९ रन बटुल्दै छैटाैँ विकेट गुमाइसकेकाे थियाे । अब क्रिजमा रुटपछि आएका जस बटलर र क्रिश वाेक्स थिए । कर्रन आउट भएपछि क्रिजमा आएका वाेक्स पनि सस्तैमा दुई रन बनाएर मिचेल मार्शकाे शिकार भए ।

अब बटलरलाई साथ दिन बलर जाेफ्रा आर्चर क्रिजमा आए । यतिन्जेल जस बटलरले ४० बलमा १९ रन बनाएर टिमकाे पारी सम्हालिरहेका थिए । १६ बलमा ९ रन बनाएका आर्चर टिमकाे स्काेर २२६ रन हुँदा हेजलवुडकाे बलमा अष्ट्रेलियाका कप्तान टिम पेइनकाे हातबाट आठाैँ विकेटका रुपमा आउट भए ।

त्यसपछि बटलरलाई अर्का बलर ज्याक लिचले साथ दिन आए । लिच र बटलरबीच झण्डै ११ ओभर र ४५ रनकाे राम्राे साझेदारी भयाे । बटलरले ८४ बलमा ६४ रन तथा लिचले ३१ बलमा १० रन बनाएर टिमकाे स्काेर ८ विकेटकाे क्षतिमा २७१ रन पुर्‍याएपछि पहिलाे दिनकाे खेल सकियाे ।

बलिङतर्फ अघिल्ला खेलहरुमा टिममा नरहेका मिचेल मार्शले १६ ओभर १ बलमा ३५ रन खर्चेर शानदार ४ विकेट लिए ।

दाेस्राे दिनकाे खेल आज नेपाली समय अनुसार अपराह्न पाैने बजे हुनेछ जसमा इंग्ल्याण्डले टिमकाे स्काेर सकेसम्म बढाउने प्रयास गर्नेछ भने अष्ट्रेलिया सकेसम्म छिटाे पुछारका दुई विकेट लिएर आफ्नाे पारी सुरु गर्ने ध्याउन्नमा हुनेछ ।

यस खेलका लागि अष्ट्रेलिया तथा इंग्ल्याण्ड दुवै टाेलीले दुई-दुई खेलाडी परिवर्तन गरेका थिए।

अष्ट्रेलियाका बलर मिचेल स्टार्ककाे ठाउँमा पिटर सिडल तथा ट्राभिस हेडकाे ठाउँमा मिचेल मार्श आएका थिए भने इंग्ल्याण्डकाे टाेलीमा जेसन राेय र क्रेग ओभर्टनकाे ठाउँमा क्रिश वाेक्स र साम कर्रन खेलेका थिए ।

पछिल्ला चार खेलमा पहिलाे र चाैथाे खेल अष्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे खेल ड्र भएकाे थियाे । त्यस्तै तेस्राे खेल बेन स्टाेक्सकाे उत्कृष्ट पारीसँगै इंग्ल्याण्डले जितेकाे थियाे ।

यसरी सिरिजमा अष्ट्रेलिया २-१ ले अगाडि छ । पाँचाैँ टेस्ट जित्नसके सिरिजमा अष्ट्रेलियाले ३-१ ले जित्नेछ भने ड्र भएकाे खण्डमा पनि  २-१ ले जित्नेछ । तर इंग्ल्याण्डले भने सिरिज बराबरीमा राेक्न जित्नुकाे विकल्प छैन ।

Previous Post

पोखरामा ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ !

Next Post

डेङ्ग्यु सम्बन्धी पिसजोनमा विद्यार्थीलाई एक दिने प्रशिक्षण !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
डेङ्ग्यु सम्बन्धी पिसजोनमा विद्यार्थीलाई एक दिने प्रशिक्षण !

डेङ्ग्यु सम्बन्धी पिसजोनमा विद्यार्थीलाई एक दिने प्रशिक्षण !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?