• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डेङ्ग्यु सम्बन्धी पिसजोनमा विद्यार्थीलाई एक दिने प्रशिक्षण !

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शुक्रबार डेङ्ग्यु सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहजीकरणमा प्रशिक्षण दिइएको हो । स्वास्थ्य महाशाखाकी डा.मघुमाया तिमिल्सिना र स्टाफ नर्स विमला काफ्लेले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु र शिक्षकशिक्षिकहरु तथा कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा डेङ्ग्यु बोक्ने लामखुट्टे, यसको अण्डा, प्युपा, लार्भा र वयस्क अवस्थाको जीवनचक्र १० दिनमा पूरा हुने जानकारी दिएको थियो । यस लामखुट्टेको लार्भा पानीको सतहमा ४५ डिग्री बनाएर तैरने डा. तिमिल्सनाले बताइन् । डा .तिमिल्सिनाले सो अवसरमा प्रतयक्ष डेङ्ग्युको लार्भा र प्युपालाई फुलदानीमा राखिएको सिसामार्फत सबैलाई जानकारी दिएकी थिइन् । सो अवसरमा विद्यार्थीहरुलाई आफ्नो घर, छिमेक, टोल समुदायमा थोत्रा टायर, टिनका बट्टा, खुल्ला ड्रम, प्लाष्टिक सिसाका बोटल, थोरै मात्र पानी रहन सक्ने कोकका बोटलका विर्का आदिमा रहन र फैलनसक्ने भन्दै प्रशिक्षण गराइएको थियो । मल्टिमिडिया प्रोजेक्टरको माध्यमबाट श्रव्य दृश्य सामग्रीको प्रयोग गरी डेङ्ग्यु सङ्क्रमणको प्रशिक्षण गराइएको कार्यक्रममा विद्यार्थीहरुलाई सरसफाइ र घर वरपरको सम्भावित सङ्क्रमण हुन सक्ने जोखिमबारे सचेतीकरण गराइएको थियो ।
ती भाँडा र बोटलहरुमा पानी जम्न दिन नहुने, सफा पानी भाँडाहरुमा लामो समय राख्न नहुने , घाम नलाग्ने ठाउँमा राखिएका पानीका भाँडाहरुमा यस्तो लामखुट्टेले फुल पार्ने हुँदा सचेत हुनुपर्ने जानकारी विद्यार्थीहरुलाई दिइएको थियो । ‘हामीले यस्ता सचेतनाका कार्यक्रमहरुलाई महानगरभित्र तीव्र्र रुपमा अघि बढाएका छौँ ।’डा. मधुमायाले भनिन् । सचेत भइएन भने जोखिममा परिन सक्छ । उनको तर्क थियो । पोखरा भित्रमात्र १२ सय भन्दा बढी बिरामीमा डेङ्ग्यु सङ्क्रमणका बिरामी भेटिएको उनले जानकारी दिइन् ।
पोखरा महानगरभित्रका २३ वटा कलेज र सरकारी विद्यालयहरुमा प्रशिक्षण र सचेतीकरण गरिएको जानकारी दिँदै डा. तिमिल्सिनाले आफूहरुले प्रशिक्षण दिएको पहिलो निजी विद्यालय पिसजोन एकेडेमी भएको बताइन् । सो अवसरमा विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहयोगमा विद्यालयभित्र प्रशिक्षण तथा जानकारीमूलक श्रव्यदृश्य सामग्रीमार्फत् सचेतीकरण गराएकामा धन्यवाद व्यक्त गरे । विद्यालयलाई आगामी दिनमा पनि यस्ता कार्यक्रम, स्वास्थ्यका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण निरन्तर गरिराख्न उनले आग्रह गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

Previous Post

एशेज सिरिज :पाँचाै टेस्टकाे पहिलाे दिन इंग्ल्याण्ड २७१ रन, ८ विकेट !

Next Post

‘सरकारलाई लोकतन्त्र विरोधी भन्नेहरु संविधान पढ्नुहोस्’- सुवास नेम्वाङ !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
‘सरकारलाई लोकतन्त्र विरोधी भन्नेहरु संविधान पढ्नुहोस्’- सुवास नेम्वाङ !

‘सरकारलाई लोकतन्त्र विरोधी भन्नेहरु संविधान पढ्नुहोस्’- सुवास नेम्वाङ !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?