• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्छु: नेयमार

Lekhnath Khabar by Lekhnath Khabar
July 30, 2018
in Uncategorized
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter
आफूलार्इ विपक्षी खेलाडिल फल गर्दा मिडियामा बढाइ चढाइ गरिएको भनेर ब्राजिलका स्टार स्ट्राइकर नेयमार दुःख व्यक्त गरेका छन् ।  रसिया विश्वकपमा उनको  प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्।

सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्। विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको उनले बताए ।

सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो। तर बेल्जियमसँग पराजित हुँदै ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो।

नेयमारले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। बरू उनी मैदानमा धेरै पटक लडे। ‘नाटक’ गरेको भन्दै उनको आलोचना भयो।

‘तपाईंलाई लाग्दो हो म ओभरएक्टिङ गर्छु,  हो कहिलेकाहीँ गर्छु पनि।  तर सत्य के हो भने मैदानमा मैले पीडा भोगिरहेको हुन्छु। तपाईंलाई थाहा छैन मैदानबाहिर मैले के भोगिरहेको हुन्छु, ’२६ वर्षिय नेयमारले भनेका छन्, ‘म जतिबेला मिडियासँग कुराकानी नगरी हिँड्छु यसको मतलब मलाई जितमात्र मन पर्छ भन्ने होइन यसको अर्थ मैले तपाईंहरूलाई निराश बनाउन जानिनसकेकाले हो।’

भिडियोमा उनले भनेका छन्-

जतिबेला म रूखो व्यवहार गर्छु। यसको कारण यो होइन कि एउटा बिग्रिएको बच्चाजस्तो हुँ। बरू निराशासँग कसरी जुझ्नु भन्ने मैले अझै सिकेको छैन।

म भित्र अझै पनि एउटा बच्चा छ। कहिलेकाहीँ उसले दुनियाँलाई मोहित पारिदिन्छ। अरूबेला उसले जोकोहीलाई रिस उठाइदिन्छ। मेरो लडाइँ त्यही केटोलाई जिउँदै राख्नका लागि हो, मैदानभित्र होइन मैभित्र।

तपाईंलाई लाग्दो हो म असाध्यै लडें तर वास्तवमा म लडेको होइन छिन्नभिन्न भएको हुँ। र यसो हुँदा कसैले तपाईंको शल्यक्रिया गरेको गोलीगाँठोमा टेकेको भन्दा बढ्ता दुख्छ।

मैले तपाईंहरूको आलोचना स्वीकार्न समय लगाएँ। मैले आफैंलाई ऐनामा हेर्न समय लगाएँ र नयाँ मान्छे बनें। अहिले हृदय फराकिलो पारेर म यहाँ छु।

म लडें। तर लड्नेहरू मात्र उठ्न सक्छन्।  तपाईं लडेको ममाथि ढुंगा बर्साउन सक्नुहुन्छ वा आफ्ना ढुंगाहरू पर फालेर मलाई उठ्न सहायता गर्न सक्नुहुन्छ किनकी जब म उठ्छु पूरै देश मसँग उठ्छ।

Previous Post

निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

Next Post

बुद्धिजीवी किन मन पराउँदैनन् प्रधानमन्त्री ओली ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

बुद्धिजीवी किन मन पराउँदैनन् प्रधानमन्त्री ओली ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?