• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

Ramsharan Nepali by Ramsharan Nepali
December 18, 2025
in समाचार, स्थानीय
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ पुस । गण्डकि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१ औँ संस्करणको लेखनाथ महोत्सवको बिहिबार पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताएका हुन् ।

यदि आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने उनको भनाइ थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने उनले वताएका थिए ।

प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको समेत उनले बताए ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि बढाएको बताउँदै उनले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको उनले बताए ।

युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने भनाइ उनको छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रूपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको भनाइ उनको छ ।

गण्डकी प्रदेशको मुस्ताङ र तिब्बत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटना क्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरूको मनोबल उचो बनाउन सर जोड दिए ।

त्यसैगरी गण्डकी प्रदेशमा वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुने कुरामा जोड दिए । उक्त कार्यक्रम लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महोत्सवको पहिलो दिन बिहिबार नै ४५ हजार दर्शकले अवलोकन गरेको र १ करोड २० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार व्यवस्थापन संयोजक ध्रुवबाबु भट्टराईले बताए ।

महोत्सव अवधिभर दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र नौ करोड बराबरको आर्थिक कारोबार हुने जसबाट ९५ लाख खर्च आम्दानी र ८५ लाख खर्च भई १० लाख बचत हुने अनुमान गरिएको भटृराईले बताए । महोत्सवबाट हुने बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवद्र्धनसहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन गरिएको छ ।

महोत्सवका आकर्षणका रूपमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको सेवा तथा जानकारी दिने स्टलहरू राखिएका छन् ।

पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

Previous Post

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता
शिक्षा

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन
अर्थ खबर

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल
राजनीति

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि
खेलकुद

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि

Next Post
२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?