पोखरा, २४ असोज । पोखरा २६ मा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गर्दै आएको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले वद्रिनाथ ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
गत वर्ष मात्र स्थानियहरुको पहल कदमीमा जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालन गर्दै आएको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रको बिहिवार भएको अधिवेशनले सर्वसम्वत रुपमा ढुंगानालाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरि समितिको उपाध्यक्षमा वलराम ढुंगाना, सचिवमा विचित्रनाथ ढुंगाना, कोषाध्यक्षमा सुर्यकुमारी रानाभाट र सदस्यहरुमा ठाकुर प्रसाद ढुंगाना, सरस्वती रानाभाट, यमुना थापा, सुर्यनाथ भण्डारी, माया बराल, नवराज ढुंगाना र गंगा देवकोटा वराल रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक अनुभवका खानी र जिउदो ईतिहास भएकाले उहाँहरुको विचारलाई समाज रुपान्तरणका लागि प्रयोग गर्न आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष बद्रिनाथ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, स्थानीय समाजसेवी बामदेव ढुंगाना, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सेना लगायतले आ-आफनो धारणा राखेका थिए ।
तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष बलराम ढुंगानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव विचित्रनाथ ढुंगानाले गरेका थिए ।






Discussion about this post