लेखनाथ, १९ साउन । पोखरा महानगरपालिका वडा नम्बर –२६ आर्थिक सहयोग र स्थानियको जनसहभागितामा सोही वडाको खरानेफाँट स्थीत पैते फेदीमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण गरिएको छ ।
स्थानिय स्तरका बिभिन्न किसिमका कार्यक्रम देखि तालिम,योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा सहयोग पुग्ने गरि १४ लाख २० हजारको लागतमा भवन निर्माण गरिएको हो ।
स्थानिय खरानेफाँट टोल बिकास सस्था,त्रिवेणी टोल बिकास सस्था,नमुना कृषक आमा समुह र तालवाराही आमा समुहको दुई लाख २० बिस र वडा कार्यालय पोखरा– २६ को १२ लाखको आर्थिक सहयोगमा भबन निर्माण गरि संचालनमा ल्याईएको हो ।
भवनको एक कार्यक्रमका विच उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर –२६ का वडाअध्यक्ष नरेन्द्र थापाले स्रोत र साधान कम हुने योजना र ईच्याशित्त वढि हुदा सवै योजनाहरुलाई समावेस गर्न नसकिए पनि आफनो पहल कदमीमा नमुना वडा बनाउने योजनाका साथ अगाडी वढिरहदाँ यहाँका जनताको साथ र सहयोग आवस्यक रहेको विचार राखेका थिए । साथै उनले जनताको खुसी नै जनप्रतिनिधीको सन्तुष्ठी भएकाले अव बाकी रहेको दुई वर्षको कार्यकालमा बाकी रहेका योजनाहरुलाई पनि सम्पन्न गरि छाड्ने विश्वास ब्यक्त गरेका थिए ।
भवन निर्माण समितिकी अध्यक्ष अमृता वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंम्बर –२६का वडासदस्य तिर्थ वहादुर राजभाट,भवन निर्माण समितिका सल्लाहकार हरिप्रसाद अधिकारी लगाएतले जहाँ आवस्यकता त्यहाँ विकास भन्ने योजना र जनसहभागिता रहेमा सोचे भन्दा वढि बिकास गराउन सकिने सुझाव राखेका थिए ।
भवन निर्माण समितिका सचिव छविलाल लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेल भवन निर्माणको आय ब्यय र आवस्यकताका बारेमा नमुना कृषक आमा समुहकी अध्यक्ष विष्णु ढकालले गरेकी थिईन ।







Discussion about this post