लेखनाथ, १८ साउन । अडिटर्स एसोसिएशन (अडान ) कास्कीले अडान डे को उपलक्ष्यमा मानव सेवा आश्रम हेम्जालाई सहयोग गरेको छ ।
२०औ अडान डे को अवसर पारेर अडिटर्स एसोसिएशन कास्कीले मानव सेवा आश्रम हेम्जामा रहेका बुबा आमाहरूलाई खाना खुवाउने र बेल बिक्षारोपण गर्ने काम गरी स्थापना दिवस मनाएको हो ।
नेपाल अडिटेर्स एसोसियसन (अडान) जिल्ला कार्य समिति कास्कीले स्थापना दिवसमा कुनै न कुनै नयाँ काम गर्दै आएकोमा यस वर्ष सेवा नै धर्म हो भन्ने भावनाले मानवसेवा आश्रम हेमजामा भोजनसेवा र आश्रम परिसरमा वृक्षारोपण गर्ने काम सम्पन्न गरेको अडानका केन्द्रिय अध्यक्ष गुणानिधि पाण्डेले जानकारी दिनुभएको छ ।
बार्षिक कार्यक्रम अन्तरगत राखिएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर सुवेदि,केन्दीय उप महासचिव शिवराज वराल ,केन्द्रीय सदस्य रुद्रनाथ पौडेल र पदमबन्धु पोखरेल लगायतले स्थापना दिवस तथा जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गरि मानव कल्याणको क्षेत्रमा खर्च गर्न सवैलाई अनुरोध गरेका थिए ।






Discussion about this post