लेखनाथ, २० चैत्र । पोखरा महानगरपालिका वडा नं. २६ ले कृषकहरुको लागी मौरीपालन तालिमको आयोजना गरेको छ । कृषहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं २६ कृषि सञ्जालले तालिमको आयोजना गरेको हो ।
वडाको भौगोलीक वातावरण मौरीपालनका लागि उपयुक्त रहेकाले मौरी पालन तर्फ किसानलाई आकर्षण गरी मौरीपालन व्यवसायलाई व्यवसायीकरण गर्नका लागि तीन दिने मौरीपालन तालिम र ५० प्रतिशत अनुदानमा मौरी घार वितरण गर्न लागिएको हो ।
तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले कृषकहरुलाई कसरी व्यवसायीक र आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा वडा प्रयत्नशिल रहेको वताउँदै कृषकहरुको माग अनुसारका योजना कार्यक्रमहरु ल्याउन तत्पर रहेको वताएका थिए ।
उनले तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिंदै तालिमपश्चात मौरीपालन शुरु गर्नुभएका किसानहरु अझै व्यवसायीक हुने अपेक्षा व्यक्त गरेका छन ।
कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशव ढुगानाको अध्यक्षतामा भएको तालिममा मौरी विज्ञ रमेशराज पौडेल, धन वहादुर रानामगर र अर्घौ कृर्षि केन्द्रका प्रमुख सन्तोष सुवेदीले मौरी चरन, मह उत्पादन, गोला व्यवस्थापन, रानी उत्पादन लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
कृषि सञ्जालका सचिव ईश्वरराज भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दुर्गा तिमिल्सेनाले गरेकी थिईन ।
Discussion about this post